समाचार

खेल

विश्वकप : बिरालाेले उद्घाटन खेलबारे यस्ताे गर्‍याे भविष्यवाणी

बिहिबार, ३१ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

विश्वकप : बिरालाेले उद्घाटन खेलबारे यस्ताे गर्‍याे भविष्यवाणी

एजेन्सी । अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रसियाले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन्ने सेताे बिरालोले विश्वकपको उद्घाटन खेलमा अायोजक रसियाले जित्ने भविष्यवाणी गरेको हाे।

 

अाज राति ८:४५ बजे रसिया र साउदी अरेबियाले यस विश्वकपकाे पहिलाे खेल खेल्दैछन् । बुधबार बिरालाेमार्फत गराइएकाे भवष्यवाणीमा रसियाले जित्ने बताइएका छ । दुर्इ देशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले रसियाको झन्डा भएको खाना खाएको थियो ।

 

कान नसुन्ने उक्त बिरालोलार्इ विश्वकपको भविष्यवाणी गर्ने अाधिकारिक जनावरको मान्यता दिइएको छ । यसअघिका केही भविष्यवाणी मेल खाएपछि उक्त बिरालाेलार्इ विश्वकपमा अाधिकारिक भविष्यवाणीका लागि ल्याइएकाे हाे ।

 

यसअघि सन् २०१० को विश्वकपमा पनि ८५ प्रतिशत गेमको उचित अनुमान गर्न सफल ‘पल’ नामक अक्टोपसले विजेता स्पेनबारे सही भविष्यवाणी गर्दै अत्यधिक चर्चा कमाएको थियो ।

 

यसपटककाे विश्वकपका लागि छनाैट भएपछि याे बिरालाे पनि एकाएक सेलीब्रेटी भएकाे छ, अहिले दैनिक सयौँ मानिसहरुले उसको तस्बिर खिचेर लैजाने गरेका छन् । अकिलीजलार्इ ‘फ्यान आइडी’ प्रदान गर्ने निश्चित भइसकेको छ । यसका लागि विशेष कागजात समेत तयार भइसकेको बताइएको हो ।