समाचार

अपराध सुरक्षा

हतियार देखाएर तर्साउँदै हिंड्ने २ जना पक्राउ

बिहिबार, ३१ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

हतियार देखाएर तर्साउँदै हिंड्ने २ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले हातहतियारसहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल, ज्याठालगायतका क्षेत्रमा हातहतियार देखाएर डर त्रास दिई रकम असुल्दै हिँड्ने दुर्इ जनालार्इ गएराति ठमेलको ज्याठा गल्लीबाट पक्राउ गरेकाे हाे ।

 

पक्राउ पर्नेमा काभ्रेका २६ वर्षीय देवकुमार थापा र धादिङका २९ वर्षीय कमल गुरुङ रहेका छन् । प्रहरीले उनीहरुसँग एक थान रिभल्वर र एक थान खुकुरी बरामद गरेको छ ।  उनीहरुमाथि परिसरले आवश्यक अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ