देश

नीति आयोगको उपाध्यक्षमा डा देवकोटा

बुधबार, ३० जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

नीति आयोगको उपाध्यक्षमा डा देवकोटा

हेटौँडा । प्रदेश नं. ३ का मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति आयोगको उपाध्यक्षमा डा. खिमलाल देवकोटालाई नियुक्ति गरेको छ।

 

यसैगरी सोही बैठकले आयोगको सदस्यमा श्याम बस्नेतलाई नियुक्ति गरेको छ भने अन्य तीन सदस्यको नाम अर्को मन्त्रिपरिषद्को बैठकले टुङ्ग्याउने आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रदास ढुंगेलले जानकारी दिए।

 

मन्त्रिपरिषद्को बैठक ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको थियो। रासस