खेल

विश्वकपको अघिल्लो दिन स्पेनका प्रशिक्षक लोपेटेगीलार्इ बर्खास्त

बुधबार, ३० जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

विश्वकपको अघिल्लो दिन स्पेनका प्रशिक्षक लोपेटेगीलार्इ बर्खास्त

काठमाडौं । विश्वकप फुटबल सुरु हुन एक दिनमात्र बाँकी रहँदा स्पेनले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको छ । स्पेनिस फुटबल फेडेरेसनले पत्रकार सम्मेलन गरी ५१ वर्षीय लोपेटेगीलाई बर्खास्त गरेको घोषणा गरेको हो ।

 

संघलाई कुनै जानकारी नदिई रियल मड्रिडसँग सम्झौता गरेकाले लोपेटेगीलाई बर्खास्त गरिएको बताएको छ । स्पेनिस क्लब रियल मड्रिडले मंगलबार मात्र लोपेटेगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको थियो ।