व्यापार

नेपाल आज बिशेस

प्रदेश ३

सस्तो र भरपर्दो सामान किन्न रिद्धि ट्रेडर्स नै उपयुक्त

मङ्गलबार, २९ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

सस्तो र भरपर्दो सामान किन्न रिद्धि ट्रेडर्स नै उपयुक्त

काठमाडौं । पुनःमर्मत गरेर नयाँ अवस्थामा ल्याइएका (रिकन्डिसन) का  ७५ प्रतिशत सामग्री काठमाडौं उपत्यकामै खपत हुने गरेका छन् । २५ प्रतिशत सामग्री मात्रै उपत्यका बाहिर निर्यात हुने  व्यवसायीहरू बताउँछन् ।

 

उपत्यकामा पछिल्लो समय यस्तो व्यवसाय फस्टाउँदै गएको विगत २९ वर्षदेखि सेकेन्डह्यान्ड सामान बिक्रीको कारोबार गर्दै आएका ललितपुर बालकुमारीस्थित रिद्धि ट्रेडर्सका सञ्चालक धीरेन्द्र जयसवालले बताए ।

 

उनका अनुसार खरिद मूल्यमा अहिले यस्ता सामान २० प्रतिशत नाफामा बिक्री हुँदै आइरहेका छन् । विशेषगरी राजदूतावास, गैरसरकारी संस्था र नीजि कार्यालयमा प्रयोगका लागि उपभोक्ताहरू उनको पसलमा यस्ता सामग्री खरिद गर्न आउने गरेको उनले जानकारी दिए ।

 

पुरानो भएपनि सामान गुणस्तरीय  र सस्तो हुने भएकाले यस्ता सामग्रीको अवलोकन गर्न आउने ग्राहकको संख्या दिनहुँजसो बढ्दै गएको उनको बुझाई छ । आजभोलि रिकन्डिसन सामान किन्ने रुचि उपभोक्तामा विकास हुँदै गएको उनले बताए ।

 

पुरानो सामानलाई पुनःमर्मत (रिकन्डिसन) गरेर बिक्री गरिएका वस्तु ब्रान्डेड पनि हुने भएकाले उपत्यकाको बजारमा यस्ता सामानको माग पनि बढ्दै गएको उनी उल्लेख गर्छन् । 

 

वार्षिक १० लाख आम्दानी

रिद्धि ट्रेडर्सका सञ्चालक जयसवालले अहिले यस्ता सामग्रीको बिक्री गरेर  वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।  जायसवालका अनुसार खरिद मूल्यमा २० प्रतिशत नाफा लिएर रिकन्डिसन सामान बिक्री गर्दै आएको उनले जानकारी दिए ।

 

२०४६ सालमा २० हजार रुपैयाँ लगानीमा  सुरु गरिएको उनको यो व्यवसायमा अहिले २५ लाख बढीको लगानी भइसकेको छ । लगानीअनुसारको नाफा र कारोबारको दृष्टिमा उनी एकदमै सन्तुष्ट छन् । बुबा वीरेन्द्र जयसवालले सुरु गरेको उक्त व्यवसाय अहिले छोरा धीरेन्द्रले सम्हाल्दै आएका छन् ।

अहिले उनको पसलमा बुबा र आफूसहित अन्य दुईजना  कामदार पनि छन् । कामदारको पारिश्रमिक, घरखर्च, बालबच्चाको पढाई लेखाई र औषधोपचारमा लाग्ने लगानी मात्रै होइन सोही पसलको आम्दानीले धीरेन्द्रले पटक पटक विभिन्न सामाजिक कार्यमा पनि सहयोग प्रदान गर्दै आएको बताए ।

रिकन्डिसन हाउस ३० प्रतिशत सस्तो 

रिकन्डिसन हाउसबाट सामान खरिद गर्दा नयाँको तुलनामा करिब २० देखि ३० प्रतिशतसम्म सस्तो पर्ने उनले बताए ।समयसापेक्ष वस्तु साट्ने सुविधा राजधानीमा बढ्दै गएको छ । राजधानीमा बसोबास गर्नेको संख्यामा उच्च वृद्धि भएसँगै जीवनशैलीमा पनि फरकपन ल्याउने र स्तरीय जीवन जिउने चाहनाले त्यस्तो व्यापारलाई अझ सहज बनाएको उनको बुुझाई छ । 

 

जसबाट पुरानै सामान भए पनि किनेर नयाँपन महसुस गर्ने एउटा समुदाय सन्तुष्ट भएको छ उनले भने, ‘बजारमा आएका सामान तुरुन्तै किन्न चाहने र त्यसका लागि पुरानो सामान बिक्री गर्न चाहने वर्ग उत्तिकै प्रफुल्ल छ ।’ उनले थपे, ‘विशेषगरी सरकारी कर्मचारी, विभिन्न गैरसरकारी संस्था र निजी कम्पनीमा कार्यरत कर्मचारीहरू देशका विभिन्न भागमा सरुवा भइरहन्छन् ।

 

उपत्यकामा बस्ने क्रममा उनीहरूले सोफा, डाइनिङ टेबुल, दराज,  र्‍याक, टेबुल, पलङलगायत जोडिसकेका हुन्छन् । कार्यालयले सरुवा गरेको ठाउँमा उनीहरू जानुपर्ने बाध्यता  हुनाले यस्तो अवस्थामा उपत्यकामा बस्दा किनेका सामान बिक्री गर्न पसलले राम्रो सहयोग पुर्‍याएको छ ।’ काठमाडौंमै जीवन गुजार्ने योजनामा रहेका कामकाजीको संख्या पनि बढ्दै गएकाले पनि रिकन्डिसनका सामानमाथि उनीहरूको झुकाव बढेको धीरेन्द्रले बताए ।

प्रयोग भइसकेका घरायसी फर्निचर तथा अन्य सामान किन्ने–बेच्ने कार्य आफूले विगतदेखि नै गर्दै आइरहेको उनी बताउँछन् ।अहिले उपत्यकाका विभिन्न स्थानमा यस्ता पसल दर्जनौंको संख्यामा खुलेपनि स्वच्छ बजार प्रतिस्पर्धाका कारण कारोबार सञ्चालनमा समस्या नभएको उनी बताउँछन् ।

 

उपत्यकामा रहेका केही सेकेन्डह्यान्ड पसलले पुराना वस्तु बिनामर्मत बिक्री वितरण गर्दै आएपनि रिद्धि ट्रेडर्सले भने अधिकांश वस्तुमा प्राविधिकको सहयोगमा मर्मत गरेर बिक्री गर्ने गरेको उनको दाबी छ ।

 

रिद्धिमै फर्निचरदेखि कम्प्युटरसम्म

बालकुमारीस्थिति रिद्धि ट्रेडर्समा घरायसी प्रयोजनका लागि फर्निचरदेखि प्रविधिमैत्री सञ्चारका लागि कम्प्युटरसम्म सस्तो मूल्यमा पाइने गरेका छन् । यसले विशेषगरी गाउँबाट अध्ययनका लागि राजधानी आउने विद्यार्थीदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई ठूलै राहत मिलेको सञ्चालक जयसवाल बताउँछन् ।

उनको पसलमा फर्निचरमात्र होइन, घर–घरमा अत्यावश्यक बन्दै गएको टिभी, कम्प्युटर, कम्प्युटरको सिपियु, एसी, जस्तापाता, पाइप र विभिन्न खालका इलेक्ट्रोनिक सामानहरू जुनसुकै बेला पनि खरिद गर्न सकिने उनले जानकारी दिए ।

 

रिद्धि टेडर्समा उपलब्ध सामान 

जस्तापाता, पाइप,

फर्निचरका सामान,

एसी, कम्प्युटर

लगायत इलेक्ट्रोनिक्सका सबै सामानहरू सस्तो मूल्यमा पाइन्छ । 

 

 कहाँ कसरी सम्पर्क गर्ने  ?

यस किसिमका सामानहरू तत्कालै खरिद गर्नका लागि  रिद्धि ट्रेडर्स फोन नंं.  ९८४९१९५२९२ मा यसका सञ्चालक धीरेन्द्र जयसवालसँग सम्पर्क गर्न सकिन्छ । जयसवालको रिद्धि ट्रेडर्स जान पनि सजिलै छ ।

 

राजधानीको कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदा बालकुमारी पुलको देब्रेतर्फ मोड्दा नमस्ते पेट्रोल पम्प पुगेर सजिलैसँग पत्ता लगाउन सकिन्छ । त्यस्तै सातदोबाटोबाट आउँदा पनि ग्वार्को चोकबाट देब्रेतर्फ मोडेर आउँदा रिद्धि ट्रेडर्स भेट्टाउन मुस्किल पर्ने छैन ।