खेल

आत्मघाती गोलपछि मृत्युवरण गरेका यि अभागी खेलाडी (भिडियोसहित)

‘फिफा वर्ल्डकप फिभर’

मङ्गलबार, २९ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

आत्मघाती गोलपछि मृत्युवरण गरेका यि अभागी खेलाडी (भिडियोसहित)

काठमाडौं । त्यो दिन २२ जुन १९९४ को थियो । कोलम्बिया र अमेरिकाबीच विश्वकपको लिग चरणको खेल हुँदै थियो । कोलम्बिया जुन समूहमा थियो, त्यो समूहमा रुस र रोमानिया पनि थिए । 

 

अमेरिका र कोलम्बियाको खेलमा रक्षापंक्तिमा थिए एक प्रतीभाशाली खेलाडी आन्द्रेस एस्काबार । अमेरिकी खेलाडीहरुले आक्रामक शैलीमा कोलम्बियाको पोस्टतर्फ बल लैजाँदै थिए । बलले पोस्ट छुनै लागिसकेको थियो । त्यो बेला आफ्नो पोस्टतिर आइरहेको बललाई आन्द्रेसले पोस्टबाहिर धकेल्ने खुट्टा बढाए । तर दूर्भाग्य उनको खुट्टाले सोचेजति बलमा कन्ट्रोल गर्न पाएन । आन्द्रेसकै खुट्टाबाट बल पोस्टमा पस्यो ।

 

खेल सकिएपछि यि खोलाडीको गोली हानी हत्या गरियो र भनियो– ‘आफ्नै पोस्टमा गोल हाने बापतको प्रतिशोध थियो त्यो । ’ तरअहिले पनि कोलम्बियामा आन्द्रेसका लाखौं फ्यान छन् । आन्द्रेसलाई कोलम्बिायामा एक आदर्श खेलाडीका रुपमा लिइन्छ । 
यो पनि भन्ने गरिन्छ कि आन्द्रेसको हत्या आत्मघाती गोलका कारण भएको होइन । त्यो बेला कोलम्बियाको आन्तरिक कलहका कारण भयो । 

 

घटना यस्तो थियो 

१९९४ को विश्वकपबाट कोलम्बिया बाहिरिएपछि एस्कोबारले लस भेगासमा आफन्त भेट्ने कार्यक्रम त्यागेर उनी कोलम्बिया नै फर्किए । आत्मघाती गोल भएको पाँच दिन पछि अर्थात जुलाई १, १९९४ मा उनी मेडलिनको एक मदिरा स्टोरमा साथीहरुसँग पुगेका थिए । त्यसपछि उनीहरु एल इन्डियो नाइटक्लब पुगे । बिहानको तीन बजेसम्म उनीहरु त्यही रहे । आन्द्रेसलाई छाडेर उनका साथीहरु गए ।

 

त्यो नाइटक्लबको कार पार्किङमा आन्द्रेस एक्लै थिए । त्यो बेला तीन व्यक्तिहरु आए र आन्द्रेससँग विवाद गर्न थाले । ती मध्ये दुईले पेस्तोल झिकेर आन्द्रेसलाई छ पटक प्रहार गरे । प्रहार गरेपछि उनीहरुले ‘गो गो’ भनेको सुनियो । त्यसलाई कसैकसैले आत्मघाती (गोल गोल) पनि बुझे । एस्काबारलाई अस्पताल लगेको ४५ मिनेटमा मृत घोषणा गरियो । त्यो बेला उनको उमेर २७ वर्षको थियो । आउँदो जुलाइ २ मा यी खेलाडीलाई विश्वले गुमाएको २४ वर्ष पुग्दैछ ।