समाचार कभर स्टोरी अन्तरवार्ता राजनीति

निर्मल भट्टराईको गुनासोः केपी र प्रचण्डले आश्वासन मात्र दिन्छन् पूरा गर्दैनन्

निर्मल भट्टराईको गुनासोः केपी र प्रचण्डले आश्वासन मात्र दिन्छन् पूरा गर्दैनन्

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो मधुमास पूरा गरेको छ । यसबीचमा ओली सरकारले गरेका कामको आलोचना र बचाउ दुबै भयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सय दिनमा दर्जन बढी विसंगति गरेको आरोप लगायो ।

 

सरकार भने सय दिनमा ९० प्रतिशत काम गर्न सफल भएको दाबी गरेको छ ।  तर, ओली सरकार मधुमास अवधिमा गर्नुपर्ने आधारभूत कामभन्दा पनि कुरामा बढी रमाएको बौद्धिक वर्गको विश्लेषण छ । कम्युनिस्ट नेतृत्वको शक्तिशाली सरकारलाई स्थानीय तहदेखि केन्द्रसम्म काम गर्न रोक्ने र छेक्ने कुनै तत्व छैन । तर, यो बीचमा पनि सरकारले सोचेअनुरूपमा काम गर्न नसकेको जन गुनासो गुञ्जिन थालिसकेको छ ।

सरकारको काम कारबाही र नवगठित नेकपाबारे नेपाल आजले नेकपाका नेता निर्मल भट्टाराईसँग अन्तर्वार्ता गरेको छ । नेता भट्टाराईले अन्तर्वार्ताका क्रममा नेकपाको एकल बहुमतको सरकार रहेको भन्दै अबको ५ वर्ष सरकार परिवर्तनको खेल समाप्त भएको दाबी गरेका छन् ।


प्रधानमन्त्री ओलीले सपना मात्र बाँड्ने गरेको भन्दै आलोचना भइरहेको भन्नेबारे उनले भने,‘कल्पना नै आविष्कारको जननी हो भनिन्छ । अहिले कल्पना सस्तो लागे पनि असम्भव कुरा होइन्, यसलाई सकारात्मक तरिकाले बुझ्नु पर्छ ।’ 


तर, भट्टाराईले नेताहरूमा काम हुनु भन्दै अघिनै बोल्ने खराब बानी रहेको स्वीकार गरे ।  सरकारले आगामी ५ वर्षमा आफूले भनेको ५० प्रतिशत काम गर्न सकेको खण्डमा देशले विकासको गति लिने उनको बुझाइ छ ।


सम्पूर्ण जनप्रतिनिधिलाई रमाइलोको लागि सडकमा झाडू लगाउन जानुभन्दा बनेका  नीतिनियमको निर्मतापूर्वक कार्यान्वयन गरेर समस्याको समाधान गर्न तिर लाग्न उनले सुझाव पनि दिए ।‘नेतृत्वले कर्मचारीलाई सही किसिमले कमान्ड गर्नुपर्छ । र, कर्मचारीले सरकारका नीति नियमलाई अवलम्बन गर्नपर्छ । यसो भएन भने प्रधानमन्त्रीको समृद्धिको सपना सपनामै समाप्त हुन्छ । यसमा सरकार चुक्नु हुँदैन’, भट्टराईले भने ।


नेकपामा तत्कालीन एमालेका पूर्वअध्यक्ष झलनाथ खनालको बरीयतामा देखिएको विवादबारे उनले जनताबाट नै नेताहरूको बरीयता तोकिने भन्दै यसलाई सहज रूपमा लिनुपर्ने बताए । भट्टराईले भने, ‘पार्टीमा नियम कानुन बनाइन्छ । तर, कार्यान्वयन नहुँदा यो गलत हो । यस्तो पनि बढी प्रमुख नेताहरूबाट हुन्छ । यसले मलाई साह्र्रै दुःखी बनाउँछ ।’ 

 

‘प्रचण्ड, ओली र बाबुराम भट्टराईले मलाई आश्वासन मात्र दिएको तर, कसैले पनि पूरा नगरेको उनले गुनासो गरे ।  मलाई बारम्बार आश्वासन दिएर पूरा नगरेका उनीहरूले जनतालाई दिएका आश्वासन पूरा गर्छन् भनेर कसरी विश्वास गर्नु’, भट्टराईले भने ।

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।