समाचार

अपराध सुरक्षा

गुन्डा नाइके लामामाथी प्रहरीद्धारा गोली प्रहार

सोमबार, २८ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

गुन्डा नाइके लामामाथी प्रहरीद्धारा गोली प्रहार

काठमाडौं । ललितपुरको युएन पार्कमा गोली चलेको छ । सर्च अपरेशनको क्रममा  महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले स्थानीय गुन्डा नाइके अशोक लामामाथि गोली चलाएको हो ।

 

उनी घाइते भएका छन् ।   घटनास्थलबाट १ थान पेस्तोल र दुई गोली बरामद भएको प्रहरीले जनाएको छ। उनले व्यावसायीसँग चन्दा आतंक मच्चाएको, धम्क्याएको आरोप लागेकाले खोजी भईरहेको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।

 

लामामाथि यसअघि दुईपटक ज्यान मार्ने उद्योग र अन्य सार्वजनिक अपराधमा पनि मुद्दा चलेको थियो । लामाको  दाहिने खुट्टाको तिघ्रामा एक  गोली लागेको छ। विर अस्पतालमा उनको उपचार भईरहेको महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए।

 

अशोक काभ्रेली समूहका सदस्य भएको प्रहरीको दाबी छ । उनी गुन्डा नाइके दावा लामा निकट मानिन्छन्। जाँच गर्न खोज्दा प्रहरीमाथी गोली प्रहार गरेपछि उनलाई नियन्त्रणमा लिन गोली चलाईएको प्रहरीले जनाएको छ। उनको साथबाट एउटा कटुवा पेस्तोल र दुई वटा गोली बरामद भएको प्रहरीले जनाएको छ।