समाचार

अपराध सुरक्षा

हतियार देखाएर ठेक्का कब्जा गर्ने चार जना पक्राउ

आइतबार, २७ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

हतियार देखाएर ठेक्का कब्जा गर्ने चार जना पक्राउ

काठमाडौं । हतियार देखाएर ठेक्का कब्जा गर्ने, पैसा असुल्ने, चर्को ब्याज लिने लगायतका काममा संलगन चार जनालाई  प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ ।

 

हातहतियार खरखजना एेनअनुसार हातहतियार राखेका केही व्यक्तिले हतियारलाई कमाउ धन्दा बनाएको भन्दै प्रहरीले काठमाडौं र ललितपुरका चार जनाको इजाजत रद्द गर्नुका साथै उनीहरुमाथि कारबाही अगाडि बढाएको छ ।

 

ती व्यक्तिहरूलाई अपहरण तथा शारिर बन्धक तथा सार्वजनिक अपराध अन्तरगत कारबाही गरिने प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उग्रचण्डी २ काभ्रेका वीरेन्द्रलाल श्रेष्ठ, काभ्रेकै बलराम सापकोटा, सोलुखुम्बुका आङकाजी शेर्पा र मोरङका रघुनाथ पूरी रहेको प्रहरीले जनाएको छ ।