कला साहित्य

सञ्चारमन्त्री झाँको झारेः तपाईं नेपाली चलचित्रको रक्षक कि भक्षक ? 

बुधबार, २६ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज

सञ्चारमन्त्री झाँको झारेः तपाईं नेपाली चलचित्रको रक्षक कि भक्षक ? 

काठमाडौं । सिने वृत्तमा चर्चा छ निकिता पौडेलको । चर्चा कुन अर्थमा भने उनले केही दिनअघि मात्र सञ्चार राज्यमन्त्री गोकुल बास्कोटालाई भेटिन् । झाँको झारे । उनले हलमा ९० दिनमात्र नेपाली चलचित्र चलाउने र बाँकी दिन जुनकुनै सिनेमा लगाए पनि मिल्ने प्रस्ताव लिएर गएकी थिइन् ।
 
उनको प्रस्तावलाई नकार्दै मन्त्रीले तपाई कस्तो अध्यक्ष ? वर्षको ३६५ दिनमा ९० दिने मात्रै नेपाली फिल्म चलाउने ? तपाईं नेपाली चलचित्र क्षेत्रको रक्षक हो कि भक्षक ? भन्दै झपारेको चर्चा छ । तर, यस्ता हल्ला हावादारी भएको निकिताको प्रष्टीकरण छ । उनले आफ महिला भएकै कारण चौतर्फी आक्रमण भएको र एउटा महिलालाई सिध्याउन न्वारानदेखिको बल लगाएर अग्रजहरु लागिपरेको बताउँदै आएकी छन् ।  

सामाजिक सञ्जालमा आक्रोश पोख्दै निकिताले रातभरि शहरका रेस्टुरेण्टमा बसेर एक महिनालाई सिध्याउने भिटिङ नबस्न चेतावनी दिएकी छन् ।