मनोरञ्जन

बलिउड नायिका करिश्मा कपुर काठमाडौंमा

मङ्गलबार, २५ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

बलिउड नायिका करिश्मा कपुर काठमाडौंमा

काठमाण्डौ । बलिउड अभिनेत्री करिश्मा कपुर काठमाडौं आएकी छिन्। दरबारमार्गमा रहेको मेरीगोल्ड ज्वेलरी उद्घाटन गर्न बलिउड नायिका करिश्मा कपुर काठमाडौं आएकी हुन् ।

 

सोमबार बिहान काठमाडौं आएकी कपुरले ज्वेलरीको उक्त उद्घाटन गरिन् । उद्घाटनको अवसरमा १५ वर्षपछि नेपाल आएको बताउँदै उनले सगरमाथाको देश नेपालको सुन्दरताले मोहित पार्ने गरेको बताइन् ।

 

अहिले ज्वेलरी उद्घाटन गर्ने अवसरले फेरि नेपाल ल्याएको भन्दै उनले नेपालले मोहित पारेको धारणा राखिन् ।

 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भावना राणाले नेपालमा जेम्स एण्ड ज्वेलरीको सम्भावना धेरै रहेको बताउँदै अन्तर्राष्ट्रिय स्तरमा समेत आउटलेट खोल्नुपर्ने बताइन् ।