कला साहित्य

भिडियो

कुन चाहिँ पुरुष लेखक पारिजातसँग नाम जोडेर लेख्दा आफूलाई हिनताबोध गर्छन् ? (भिडियो)

मङ्गलबार, २५ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (RP)

कुन चाहिँ पुरुष लेखक पारिजातसँग नाम जोडेर लेख्दा आफूलाई हिनताबोध गर्छन् ?  (भिडियो)

समर्पण श्री 
काठमाडौं । कविमा कोमल हृदयमात्र हुँदैन । विद्रोही चेत पनि हुन्छ । कुरीति र गलत व्यवस्था विरूद्धमा कविहरू काव्यिक आवाज उठाउँछन् । उसो त कविता लेख्नु र कवि भएर बाँच्नु जटिल कुरा हो । यही जटिलतालाई टेकेर संघर्षको मैदानमा उभिन उनीहरू अभ्यस्त छन् ।

 

मानिसको खराब मानसिकतालाई बदल्ने शक्ति असल कविको कवितामा हुन्छ । त्यसैेले सुन्दर कविता समयको नयाँ आविष्कार हो । योे आविष्कार फरक चेतना र लामो साधनाबाट मात्र सम्भव छ । यही साधनामा जीवनको दुई दशकभन्दा लामो समय विताइसकेकी कवि विमला तुम्खेवा एक किशोरी कवि बन्ने अभिप्सा बोकेर यो कङ्क्रिटको सहरमा आइन् । तेह्रथुमको छथर ओख्रेमा जन्मिएकी उनी लिम्बु समुदायमा हुर्केर नेपाली साहित्यमा स्थापित हुन ठूलो संघर्ष खेप्नुपर्यो । कविता नै जीवनको महान प्राप्ती ठानेकी उनले कहिले प्रेम त कहिले पहिचानको मुद्धालाई कविताको विषय बनाइन् ।

 

युवापुस्ताको लोकप्रिय कविको रुपमा परिचित भइसकेकी तुम्खेवाको ‘नदी,छाल र तरङ्गहरू’, ‘संस्मरण एउटा बुढो रुख’, र ‘विमला तुम्खेवाका कविताहरु’ गरी तीन वटा कविता संग्रह प्रकाशित छन् । पछिल्लो समय  आफ्नो नयाँ कविता संग्रहको तयारीमा जुटिरहेकी विमला कवितालाई परिभाषामा मात्र बाँध्न नसकिने बताउँछिन् ।


आँफू महिला भएर पनि लेखनमा सक्रिय भएको हुँदा नारीहरूको  मुद्धालाई पनि लेखनको विषय बनाएकी छन् । महिलाहरु बढिजसो घरभित्रै सिमित हुने हुनाले लेखनमा समय दिन निकै कठिन हुने उनी बताउँछिन् । यदि महिलारू सामाजिक र लेखन कार्यमा लागे पनि समाजमा निकै संघर्ष गर्नुपर्ने उनको अनुभव छ । “हाम्रो समाजमा महिलाहरूलाई धेरै कुराहरुबाट बन्देज छन् । यसको विरुद्ध कठोर निर्णय महिलाबाटै हुनुपर्छ ।” समाजको परम्पराको विरुद्ध विद्रोही चेत भएकी उनी १४ वर्षको उमेरमा सेतो कपडा लगाएर व्रिद्रोह गरेको सम्झिन्छिन् ।
  

एक समय पहिचानको मुद्धामा कविता लेखेकी उनी सधैँभरी पहिचानको मुद्धामा मात्र लेखिरहनु जरुरत नभएको बताउँछिन् । “म लिम्बु समुदायमा हुर्केर नेपाली भाषामा आए । आफ्नो सभ्यता र संस्कृतीले कतै न कतैबाट असर गर्छ । तर पहिचानको मुद्धामा मात्र लडिरहने हो भने हामी कतै पुग्दैनौँ,” देशमा यतिधेरै परिवर्तन आइसकेकाले प्रत्येकको अस्तित्वलाई स्वीकार गरेर, सद्भाव राखेर अघि बढ्नुपर्ने उनको धारणा छ ।