समाचार

प्रदेश १

भन्सार छलेर भारत लगिँदै गरेको स्याउसहितको ट्रक बरामद

मङ्गलबार, २५ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

भन्सार छलेर भारत लगिँदै गरेको स्याउसहितको ट्रक बरामद

विराटनगर । सुनसरीको कोसी गाउँपालिका–८, भान्टाबारी स्थित पूर्वी टोलबाट प्रहरीले मंगलबार २ सय ३६ कार्टुन स्याउ लोड भएको मिनीट्रक बरामद गरेको छ।

 

भारतीय नम्बर बि आर ५० जी ४०१६ नम्बरको ट्रकमा लोड गरी अवैधरुपमा भारत निकासी गर्दै गरेको अवस्थामा ट्रक नियन्त्रणमा लिइएको हो। बरामद गरिएको ट्रक र स्याउ करिब ४ लाख ६६ हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

 

बरामद स्याउ र चालक भारतको सुपौल जिल्ला गणपतगञ्ज–१२ का ३३ वर्षीय पवन यादवसहित ट्रकलाई सेतुबन्ध भन्सार कार्यालय कोसी ब्यारेजमा बुझाइएको सुनसरी प्रहरीले जनाएको छ।

 

सोही ठाउँबाट प्रहरीले भारतमा उत्पादित १४ हजार ६ सय मूल्य बराबरको बेवारिसे चिनी समेत बरामद गरेको छ। यसैगरी, सुनसरीकै हरिनगरा गाउँपालिका– ५ मा २२ हजार मूल्य बराबरको फेन्सी सामान पक्राउ परेको छ। दुवै ठाउँबाट नियन्त्रित सामान भन्सार कार्यालयमा बुझाइएको प्रहरीको भनाइ छ।