राजनीति

भिडियो

कभर स्टोरी

अन्तरवार्ता

गुरु घिमिरेको स्वीकारोक्तिः कांग्रेसी नेतालाई पदको लोभले पापी बनायो (भिडियो)

मङ्गलबार, २५ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (RP)

गुरु घिमिरेको स्वीकारोक्तिः कांग्रेसी नेतालाई पदको लोभले पापी बनायो (भिडियो)

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले गत वर्ष तीनै तहका चुनाव गरायो । तर, आफैँले अनपेक्षित रुपमा हार ब्यहोर्नुपर्यो ।

 

अन्ततः कांग्रेसको अहिल सातै प्रदेश र केन्द्रमा निरिह प्रतिपक्षीको रुपमा बस्नुपरेको छ । यही पराजयसँगै चर्किन थाल्यो कांग्रेसभित्र विवाद । नेतृत्वको लापरवाहीका कारण हार्नुपर्यो भन्दै एक पक्ष असन्तुष्ट भयो भने सभापति शेरबहादुर देउवा निकटस्थहरु उनको बचाउमा लागे ।

 

निर्वाचन भएको करिब पाँच महिनापछि बल्ल चुनावी समिक्षा गर्न भन्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्यो । तर बैठकमा पनि अपेक्षित बहस र विमर्श भएन ।

 

बैठकले कांग्रेसमा पुनर्जागरण ल्याउने अपेक्षा गरिए पनि झनै चर्को ंविवादसँगै बैठक सकियो । बैठकमा सोचे अनुरुप समिक्षा र विमर्श किन हुन सकेन ?


चर्किँदैगएको गुटगत प्रबृत्तिबाट कांग्रेसलाई जोगाउन कसले के गर्ने ? आगामी ५ वर्षपछिको कांग्रेस कस्तो हुनेछ ? जस्ता विषयमा नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गुरुराज घिमिरेसँग बहस गरेका छौँ ।

 

नेपालआजका लागि लोकेन्द्र भट्टले गरेको यस अन्तरवार्तामा घिमिरेले बैठकबाट आशातित सफलता नमिलेको स्वीकार गरेका छन् । यद्यपि कांग्रेस एक चरण माथि उठेको उनले बताए ।

 

सभापति देउवाले निर्वाचन लगत्तै मुख्य नेताहरुसँग छलफल गरेर चुनावी समिक्षा गरेको भए अहिलेको भद्रगोल नआउने उनको भनाइ थियो । ‘देउवाले विश्वमै कतै नभएको सिद्धान्त ल्याए । विश्वभरी नै नेतृत्वले हारको जिम्मेवारी लिने भए पनि हाम्रोमा त्यस्तो गर्न नसक्नुमा पदलोलुपता हाबी हुनु हो,’ उनले भने ।

 

घिमिरेले भने, ‘चुनावी परिमाणले कांग्रेसीमा ल्याएको आलस्यतालाई उर्जाशिल बनाउने काम नेतृत्व पंक्तिबाट हुन सकेन । प्रमुख नेताहरु यो परिमाण कसरी आउन पुग्यो भनेर खोजी गर्नुको साटो कसलाई कसरी सिध्याउने भन्नेमा लागेका छन् । यसले कांग्रेसलाई मात्र नभइ लोकतन्त्रलाई नै सिध्याउने चिन्ता छ ।’

 

पार्टीभित्र पछिल्लो विवाद पार्टीभित्र भाग खोज्नेहरुले ल्याएको भन्दै घिमिरेले पार्टी निर्माणमा लाग्न सबैलाई आग्रह गरेका छन् । प्रमुख नेताहरुले सबै ठाउँमा आआफ्नो भाग खोज्दा पार्टी सभापतिलाई कमी कमजोरीबाट उम्किन सजिलो हुने घिमिरे बताउँछन् ।

 

साथै उनले कांग्रेसमा पञ्चायती शैली हाबी भएको पनि बताएका छन् । उनले भनेका छन्, ‘नेताहरुमा पञ्चायती शैलिमा परिवर्तन आउन सकेन व्यक्तिवादी सोचको विकास भयो । राजनीति प्रणाली परिवर्तन भयो । नेता, सांसद मन्त्री हुँदा आँफूलाई प्रतिष्ठित मानिस हुँ भन्ने दम्ब बढ्यो । ’

 

उनले पार्टीमा देखिएको भद्रगोल अन्त्य गर्न आफूहरु लागि परेको बताउँदै यसलाई  अन्त्य गर्ने दाबी गरे ।


गुटको चपेटामा सोझा नेता
 

घिमिरेका आनुसार पार्टीभित्र कुनै गुटमा आबद्ध नभए उसले कहिले पनि अवसर नपाउने स्थिती रहेको छ । गुटलाई अन्त्य गरेर पार्टीलाई जनताको मनमा बस्न सक्ने बनाउन लाग्नु पर्ने उनले सुझाव दिए ।

 

‘प्रमुख नेताहरुले सबै भ्रातृ संगठन र जिल्ला सभातिलाई एक ठाउँमा रखेर गुटको अन्य गरे मात्र कांग्रेसले पुनर्जिवन पाउँछ । यसमा हामी युवा नेताहरु पनि लागि रहेका छौँ । नेतृत्वले पनि सोच्न ढिलो गर्न हुदैन’ घिमिरेले भने ।


नेताहरुमा पाप पालाउँदै 
 

नेताहरुमा पदको लोभ जागेको बताउँदै यसले पापको रुप लिने गरेको बताए  । ‘जब मानिसहरुमा लोभ जाग्छ । त्यसपछि उसले कुकर्म गर्न लाग्छ । हाम्रा नेताहरुमा पनि पदको लोभ बढी भएकाले पापको रुप लियो,’ घिमिरेले भने, ‘आफ्नो पकड बनाउन र पादमै रहिरहन मनोमानी तरिकाले गैरकांग्रेसीलाई पनि पार्टी सदस्यता बाँढियो पदकै लोभले कांग्रेसलाई यो अवस्थामा पुर्याइदियो । त्यही लोभले निम्त्याएको पापको परिमाण भाग्नु पर्याे ।’