समाचार

प्रदेश ५

मुख्य समाचार

प्रदेश ५ का सांसद र कर्मचारीको लोगो सार्वजनिक

कसले बनाए प्रदेश ५ को लोगो ?

सोमबार, २४ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

प्रदेश ५ का सांसद र कर्मचारीको लोगो सार्वजनिक

बुटवल । प्रदेश नम्बर पाँचका सांसदहरुले लगाउने लोगो सार्वजनिक गरिएको छ । सोमबार बुटवलमा एक कार्यक्रमकाे आयोजना गरी प्रदेश नम्बर पाँचका सांसदले लगाउने लोगो सार्वजनिक गरेका हुन् ।

 

प्रदेश सभा सचिवालयका अनुसार १२ वटा नमूना मध्ये दाङको तुलसीपुर उपमहानगरपालिका–१ का खगेश्वर भण्डारीले तयार गरेको लोगो छनौट गरि सार्वजनिक गरिएको हो । 

 

भण्डारीलाई उत्कृष्ट लोगो तयार गरेको भन्दै २५ हजार नगदले पुरस्कृत गरिएको छ । लोगोमा सिस्ने हिमाल, गौतमबुद्ध जन्मस्थल लुम्बिनी, धान र जौका बाला तथा लैङ्गिक समानता झल्किने गरी तयार पारिएको छ । 


त्यस्तै प्रदेशसभा सचिवालयका कर्मचारीका लागि रुपन्देही तिलोत्तमा ९ मंगलापुरका सुधिर अर्यालले बनाएको लागो छनौट गरिएको छ । अर्याललाई नगद १५ हजार प्रदान गरिएको छ । दुवै लोगोको प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तिले सार्वजनिक गरेका हुन्  ।