समाचार

प्रदेश १

खोलाले बगाएर तीन बालबालिका बेपत्ता, एकको शव फेला

सोमबार, २४ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

खोलाले बगाएर तीन बालबालिका बेपत्ता, एकको शव फेला

विराटनगर । धनकुटाको चौबीसे गाउँपालिका ६ का एक बालकको डुबेर मृत्यु भएको छ। चन्द्रसिंह राईका छोरा १४ वर्षीय रामकुमारको डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो।

 

साँगुरीगढी गाउँपालिका ३ कुशेटारस्थित तमोर नदीको दोभानमा पौडी खेल्ने क्रममा एक साताअघि नै बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो। साँगुगढी गाउँपालिका ४ स्थित खोलामा तैरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

 

यसैगरी, खोटाङको वराहपोखरी गाउँपालिका २ धाप्लाङस्थित सुनकोशी नदीले बगाएर तीन बालबालिका बेपत्ता भएका छन् । नदी किनारमा बाख्रा चराउन गएका १२ वर्षीय सुबन श्रेष्ठ, १० वर्षीय सबिन माझी र ११ वर्षीय अनिता माझीलाई खोलाले बगाएर बेपत्ता बनाएको हो। पौडी खेल्ने क्रममा नदीले उनीहरुलाई बगाएको प्रहरीले जनाएको छ।