मुख्य समाचार

प्रदेश ७

बझाङमा खोलाले बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु

आइतबार, २३ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

बझाङमा खोलाले बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु

बझाङ । बझाङमा खहरे खोलाले बगाउँदा ५ जनाको मृत्यु भएको छ ।  ज्यान जानेमा थलारा गाँपालिका ४ का २८ वर्षीय हर्क विक, उनकी श्रीमती २५ वर्षीया डल्लीदेवी विक, कलसा विक, मृतक हर्क विककी ७ वर्षीया छोरी मनिसा विकर ४ वर्षीय छोरा सक्षम विक रहेका छन् ।

 

शनिबार राति परेको अविरल बर्षाका कारण थलारा गाँउपालिका वडा नम्बर ४ नजिकै रहेको खहरे खोलामा बाढी आई उनीहरुलाई बगाएको हो । 

 

गत १९ गते जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा समेत खहरे खोलाले से १ ज ८२० नम्बरको जीप बगाउँदा ३ जनाको मृत्यु भएको थियो ।