खेल

दिल्लीलाई पराजित गर्दै हैदरावाद शीर्ष स्थानमा

आइतबार, २३ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज

दिल्लीलाई पराजित गर्दै हैदरावाद शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ । गएराति भएको खेलमा दिल्ली डेयर डेभिल्सलाई ७ विकेटले हराउँदै हैदरावाद विजयी भएको हो।  

 

हैदरावादको घरेलु मैदान राजीव गान्धि इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले व्याटिङ्गमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो। जवाफमा १ सय ६४ रनको विजय लक्ष्य हैदरावादले १ बल बाँकी छँदा ३ विकेट गुमाएर भेटायो।

 

हैदरावादको जितका लागि अलेक्स हेल्सले ४५, शिखर धवनले ३३, केन वलियम्सनले ३२ र युसुफ पठानले २७ रन योगदान गरे।  बलिङतर्फ अमित मिश्राले २ र लियाम प्लंकेटले एक विकेट लिए । दिल्लीका लागि पृथ्वी शँ ले सर्वाधिक ६५ रन बनाए। श्रेयस अय्यरले ४४ रन जोडे। विजय शंकरले नटआउट २३ रन जोड्दा रिसभ पन्त १८ रनमा आउट भए।

बलिङतर्फ रसिद खानले २ तथा श्रदुल कौलले १ विकेट लिए। यो जितसँगै आइपीएल अंक तालिकामा ९ खेलबाट १४ अंक जोडेको सनराइजर्स हैदरावाद शीर्ष स्थानमा छ।