मनोरञ्जन

यसरी सुरु भएको थियो सोनम कपूर र आनन्द आहुजाबीचको प्रेम सम्बन्ध

आइतबार, २३ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

यसरी सुरु भएको थियो सोनम कपूर र आनन्द आहुजाबीचको प्रेम सम्बन्ध

काठामाडाैं । बलिउड अभिनेत्री सोनम कपूर र भारतीय व्यापारी आनन्द आहुजाको विवाह हुन २ दिन मात्र बाँकी छ । यही मे ८ मा सोनम र आनन्द लगनगाँठो कस्दैैछन् । कपूर तथा आहुजा परिवारले केही दिन अगाडिमात्रै विवाह भइरहेको कुरा मिडियामार्फत सार्वजनिक गरेका थिए ।

 

सोनम कपूर तथा आनन्द आहुजाको भेट एक साथीमार्फत भएको थियो । सोनम कपूरकी साथी पेरनिया कुरेसीे आनन्दकी पनि साथी थिइन् । उनै साथीमार्फत् सन् २०१४ मा सोनम र आनन्द आहुजाको भेट भएको थियो ।

 

सोनमलाई भेटेको महिना दिनभित्रै आनन्दले सोनमलाई प्रेम प्रस्ताव राखेका थिए । त्यसै समयदेखि दुवै एक प्रेममा छन् । अबको दुईदिन पछाडि यि दुवैको प्रेम सम्बन्ध विवाहमा परिणत हुँदैछ ।

 


२०१६ मा अभिनेता अक्षय कुमारले आयोजना गरेको एक कार्यक्रममा यी दुवै पहिलो पटक सार्वजनिक रुपमा सँगै देखिएका थिए । त्यसै वर्ष दुवैजना एकअर्काको हात समाउँदै सोनमका नजिकका भाई अक्षय मारवाको टिकाटालोको कार्यक्रममा पुगेका थिए ।

 

साथै सोनम तथा उनकी बहिनी रिया कपूरले आफ्नी आमा सुनिता कपूरको जन्मदिन लण्डनमा मनाउँदा आनन्द पनि उपस्थित थिए । आनन्दले कार्यक्रममा कपूर परिवारसँग फोटो पनि खिचेका थिए ।

 

पछिल्लो समयमा सोनम तथा आनन्दले सामाजिक सञ्जाल मार्फत एक अर्कासँग समय विताएका तस्विरहरु पोष्ट गदै आइरहेका थिए । यसबारेमा सोनमलाई मिडियाले प्रश्न गरेतापनि सोनमले यसबारे केही जवाफ दिएकी थिइनन ।

 

अब भने सोनम र आनन्द चार वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहको नाम दिदैछन । सोनमको विवाह मे ८ मा भारतको मुम्बई स्थित पाँचतारे होटेलमा भइरहेको छ । एजेन्सी