अपराध सुरक्षा

समाज

प्रदेश ४

आमालाई करणी गरेको अभियोगमा छोरा पक्राउ

आइतबार, २३ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

आमालाई करणी गरेको अभियोगमा छोरा पक्राउ

गोरखा। आफ्नै आमालाई जवरजस्ती करणी गरेको अभियोगमा गोरखामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरीले भीमसेन थापा गाउँपालिका–६, छापागाउँका ३३ वर्षका युवालाई पक्राउ गरिएको जनाएको छ । उनले ६५ वर्षकी आमालाई करणी गरिरहेको देखेपछि युवककी पत्नीले प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

 

गएको वैशाख २० गते राति ८ बजे आफ्नै आमालार्इ करणाी गरेको भन्दै युवककी श्रीमतीले उजुरी गरेपछि युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रारम्भीक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ ।

 

 आमाले भने सहमतिमै करणी भएको बताएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहमतिमै करणी भएको अवस्थामा पनि युवकलाई हाडनाता करणी अन्तर्गत व्यक्तिवादी फौजदारी मुद्धा लाग्ने कानुनी प्रावधान छ ।