कभर स्टोरी

अन्तरवार्ता

साहित्य आज

भिडियो

गुटले अयोग्य लेखकलाई चर्चित बनाइदिन्छ (भिडियो)

गजलमा मेरो काफिया सकियो

शनिबार, २२ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

गुटले अयोग्य लेखकलाई चर्चित बनाइदिन्छ (भिडियो)

काठमाडाैं । "त्यतिवेला गोरखापत्रको साम्राज्य थियो । कान्तिपुर भर्खरै मात्र निस्कन थालेको थियो । अहिले जस्तो साहित्यिक पत्रपत्रिकाहरू पनि थिएनन् । हुलाकबाट कविता पठाउँथे,तर कहिल्यै प्रकाशित भएन । ” कविता लेखनको सुरुवाती दिन सम्झदैँ कवि अभय श्रेष्ठ भन्छन्“ समय परिवर्तन भइसकेको छ । अहिले अनलाइन र इन्टरनेटको प्रयोग बढ्दो छ । कविता छपाउन पहिलेजस्तो कठिन कहाँ छ र !”

 

दुई दशकभन्दा लामो समयदेखि साहित्य साधनामा निरन्तर लागिरहेका छन् उनी ।  आफू प्रगतिशिल धारमा कविता लेख्ने हुनाले वैचारिक कविताप्रति निकै लगाव राख्छन् ।

 

संसारमै नवउदारवादले आर्थिक विषमता बढाएकाले कविहरूले वर्गिय समानताको लागि कलम चलाउनुपर्ने उनको धारणा छ । वैचारिक कविता उग्रजस्तो लागेपनि कालान्तरमा तिनै कविताको महत्व रहेको उनी बताउँछन् । 


पछिल्लो समय कथामा पनि आफूलाई सशक्त रुपमा उभ्याएका उनले वि.स २०६८ सालमा ‘तेस्रो किनारा ’ कथासंग्रह प्रकाशन गरे, अन्ततः कथामा पनि सफलता हाँसिल गरे ।

 

उसो त त्यसभन्दा अघिनै दुईवटा कविता संग्रह‘फूलबिनाका शाखा’ र ‘कायाकल्प’ बाट कविको रुपमा आफुलाई स्थापित गरिसकेका थिए । अखबारी लेखनमा पनि उत्तिकै सक्रिय उनी जीवनको बाँकी समय साहित्य साधनाकै निम्ति विताउने सोचमा छन् ।  


कविताः भाषाको नयाँ आविष्कार

उनी भन्छन्“कविता भाषाको नयाँ आविष्कार हो ।”कोमलतम भाषामा अत्यन्तै जटिल कुरा गरिने हुनाले यसमा जडतालाई च्यात्न सक्ने विचार हुनुपर्ने उनको मत छ ।


नेपाल भाषामा कमजोर रहेँ

उनी भक्तपुरको नेवारी समुदायमा जन्मे । नेपाल भाषा र नेवारी संस्कृती निकै पुरानो संस्कृती हो । तर उनी भने नेपाल भाषामा कमजोर रहे ।

 

भाषाको प्रसंग निस्कदा उनी भावुक हुँदै भन्छन् “पाँच वर्षको हुँदा आमा बित्नुभयो, आमा नहुनाले नेपाल भाषा बोल्ने परिपाटी भएन । त्यसैले नेपाल भाषामा लेख्न सकिएन ।”तरपनि नेपाल भाषाको सम्मान र पहिचानलाई कायम राख्नुपर्ने उनी बताउँछन् । 


वर्गीय समानताको पक्षमा कविता 


संसारमा नवउदारवादले आर्थिक विषमता बढाएको छ । उनी भन्छन्“यस अवस्थाबाट  मुक्ती पाउन वर्गीय समानताको पक्षमा कविहरूले आवाज उठाउनु पर्छ । ”


चर्चाको लागि गुट

उनको विचारमा गुटले मानिसलाई अनावश्यक चर्चामा मात्र ल्याउँछ । राम्रा लेखकहरूलाई गुटले छायाँमा पनि पार्न सक्ने उनको भनाइ छ । तर तत्कालिन चर्चाको लागि मात्र हो भने गुट आवश्यक रहेको उनी बताउँछन् ।