खेल

आईपीएलः मुम्बईले पञ्जाबलाई ६ विकेटले हरायो

शनिबार, २२ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

आईपीएलः मुम्बईले पञ्जाबलाई ६ विकेटले हरायो

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्स विजयी भएको छ ।  शुक्रबार रातीको खेलमा किंग्स इलावेन पञ्जावलाई ६ विकेटले हराउँदै मुम्बईले अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको हाे । 

 

जितका लागि पाएको १ सय ७५ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । मुम्बईलाई जिताउन सुरेश यादवले ५७ रन बनाए । कप्तान रोहित शर्मा २४ तथा क्रुणाल पाण्ड्या ३१ रनमा नट आउट रहे । इशान किशानले २५ तथा हार्दिक पाण्ड्याले २३ रनको योगदान गरे । 


यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदै  १ सय ७४ रन बनाएको थियो । उसका लागि क्रिस गेलले ४० बलमा ५० रन बनाए । लोकेश राहुल २४ रन बनाएर आउट भए भने मार्कस स्टोइनिस २९ रनमा नट आउट रहे । 


पञ्जाबका युवराज सिंहको ब्याट शनिबारको खेलमा पनि चलेन । उनी १४ बलमा १४ रनमै आउट भए । ९ खेलमा तेस्रो जित दर्ता गरेको मुम्बई ६ अंकसहित पाँचौँ स्थानमा छ । ८ खेलमा पाँचमा जित निकाल्दै १० अंक जोडेको पञ्जाव चौथो स्थानमा रहेको छ ।