समाचार

देश

प्रदेश १

सिन्डिकेट गर्न नपाएपछि लामा दूरीका गाडी बन्द

शुक्रबार, २१ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

सिन्डिकेट गर्न नपाएपछि लामा दूरीका गाडी बन्द

मोरङ । सिन्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवसायी महासंघ आवद्ध व्यवसायीहरूले लामो तथा छोटा दूरीमा चल्ने सवारीसाधन ठप्प पारेका छन् ।

 

सार्वजनिक यातायात चलाउन बनाइएका समिति खारेज गर्ने, कम्पनीमा जानुपर्नेलगायतका सिन्डिकेट तोड्ने सरकारी नियमका विरुद्ध आन्दोलनमा उत्रिएका व्यावसायीले आज बिहानैदेखि विराटनगरबाट चल्ने  लामो दूरीका सबै सार्वजनिक बसहरु नचलाएका हुन् ।

 

सरकारले ल्याएको नीतिविरुद्ध  एक दिन साङ्केतिक रुपमा सबै गाडी ग्यारेजमा थन्क्याउने यस अघि नै यातायात व्यवसायी महासंघले निर्णय गरेको पूर्वघोषित कार्यक्रम भएको व्यवसायी राजन कँडेलले जानकारी दिए।