समाचार

राजनीति

प्रदेश ४

पुतलीबजारकी मेयर सीमाकुमारी फेवातालमा हामफालिन्

शुक्रबार, २१ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

पुतलीबजारकी मेयर सीमाकुमारी फेवातालमा हामफालिन्

स्याङजा । स्याङजा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले पोखराको फेवातालमा हामफालेर आत्महत्या प्रयास गरेकी छिन् । 

 

उनी बिहीबार साँझ करिब ४ बजेतिर फेवातालमा हाम फलेकी हुन् । उनी तालमा हामफाल्ना साथ नजिकै रहेका एक विदेशी पर्यटकले पौडिएर उनलाई तालबाट निकालेका थिए । 

 

पोखरामा जारी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा स्थानीय तहको भूमिका विषक गोष्ठिमा भाग लिन पुगेकी सीताकुरमारी केही दिन अघि काठमाडौं गई डिप्रेशनको उपचारपछि घर फर्किएकी समाचारहरु सार्वजनिक भएका छन् ।