समाज

प्रदेश ७

बझाङमा जीप खाेलाले बगायाे, तीन जनाकाे मृत्यु

बिहिबार, २० बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

बझाङमा जीप खाेलाले बगायाे, तीन जनाकाे मृत्यु

बझाङ ।  बझाङको सुबेडास्थित सिसानीको चौठयाखोलाले जीप बगाउँदा ३ जनाको ज्यान गएको छ । बुधबार राति आएको बर्षाका कारण  से १ ज ८२० नम्बरको बझाङ सार्वजनिक यातायातको जीपलाई चाैठया खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।

 

जीपमा सवार तीनै जना खप्तडछान्ना २ का ३१ वर्षे अम्मरराज बन, केदरस्युँ १ का २४ वर्षे असु वड, कञ्चनपुर दोधारचाँदनी तथा वैतडी पुख्र्यौली घर भएका २६ वर्षिय रमेश चन्दको मृत्यु भएको छ । 

झाेता बजारबाट चैनपुरका लागि छुटेको जीप करिब ५० मिटर तल पुरिएको अवस्थामा भेटिएको हो । बिहान सुबेडाका स्थानियले खानेपानीको पाईप खोज्दै जाँदा जीप आधा पुरिएको अवस्थामा चौठ्या खोलामा भेटाएका थिए ।

जीप भेटिएपछि उनीहरुले प्रहरी बझाङ सार्वजनिक यातायात समितिलाई जानकारी गराएका थिए । जीप ठुलो खोला ठुलो खाल्डोमा पुरिएको हुनाले बिहानैदेखि प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानियको संयुक्त प्रयासमा दिउँसो २ बजे मात्रै निकालिएको थियो ।  मृत शवलार्इ पाेष्टमार्टका लागि जिल्ला अस्पताल बझाङ लगिएकाे छ ।