समाचार

स्वास्थ्य

स्तन क्यान्सर, बच्ने उपाय र उपचार विधि

बिहिबार, २० बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

स्तन क्यान्सर, बच्ने उपाय र उपचार विधि

स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन्, तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ । स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।

 त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुनसक्छ । क्यान्सर हुने प्रकृतिका ट्युमरले नजीकका तन्तु तथा अवयवहरू नष्ट गर्छन् । ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छन्, शल्यक्रिया गरेर हटाए पनि फेरी उत्पन्न हुन्छन् र धेरै खतरनाक हुन्छन् । स्तन क्यान्सर प्रायः दुग्ध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ तर कहिलेकाहीँ तन्तुहरूको झुप्पाबाट पनि सुरु हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ ।

नेपालमा ३० देखि ५० वर्षका महिलालाई स्तन क्यान्सर बढी मात्रामा भएको पाइएको छ । ४० वर्ष पुगेपछि विकसित देशका अधिकांश महिलाहरू प्रत्यक वर्ष म्यामोग्राफी गर्छन् भने नेपालमा एक प्रतिशतले पनि म्यामोग्राफी गर्दैनन् । यकिन तथ्यांक नभए पनि नेपालका न्यूनतम ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान गरएिको छ । 



क्यान्स भएकोकसरी थाहा पाउने ?


१ स्तन क्यान्सर भए नभएको बारे घरमै परीक्षण गर्न सकिन्छ ।
२ नुहाउने समयमा ठूलो ऐनाको आगाडी उभिने
३ दुवै स्तनको आकार एउटै छ वा छैन हेर्ने
४ बायाँ हातले दायाँ र बायाँ हातले बायाँ स्तन छाम्ने
५ स्तन छाम्दा चार वटा औलाले स्तन थिच्ने, बुढी औलाको प्रयोग नगर्ने ।
६ सैगरी छाती र काखीमुनि पनि छाम्ने
७ यसरी छाम्दा गिर्खा जस्तो भेटिए त्यो स्तन क्यान्सरको लक्षण हुन्छ ।
८  स्तनको रंग कालो हुँदै गए वा मुन्टो भित्र छिरे पनि स्तन क्यान्सर हुन सक्छ ।
९  स्तनबाट रगत वा पिप जस्तो तरल पदार्थ आए पनि खतरा हुन्छ ।


  स्तन क्यान्सरबाट कसरी बच्ने 

१ स्तनको विकास क्रममा बारेमा जानकारी राख्ने
२ स्तनको विकास क्रम सुरु भएपछि आफैले घरमा नै परीक्षण गर्ने
३ उमेर बढ्दै गएका केटाकेटीलाई अभिभावकले सचेत गराउने
४ जंक फुड, चिल्लो पिरो, आगोमा पोलेको खानेकुरा धेरै नखाने
५ प्रशस्त पानी,फलफूल हरिया सागसब्जी खाने
६ नुन बढी भएका खानेकुरा नखाने
७ जाँड रक्सी नखाने
८ क्यान्सरको सुरुकै चरणमा उपचार गर्ने
९ बच्चालाई स्तनपान गराउने
१० वर्षमा एक पटक स्वास्थ्य जाँच गराउने  ।

वंशाणुगत रुपमा सर्ने क्यान्सर नियन्त्रण गर्न नसकिए पनि खानपान र जीवनशैलीमा ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ । डाक्टरका अनुसार सुरुवाती चरणमा नै क्यान्सरको उपचार गरे ८० प्रतिशत क्यान्सर निको हुन्छ ।



उपचार विधि
१ शल्यचिकित्सा
२ केमो थेरापी
३  हमोर्न थेरापी
क्यान्सरको उपचारपछि कपाल झर्ने, अनुहारमा कालो दाग आउने र हर्मोन परिवर्तन हुने जस्ता समस्या आउन सक्छ । जसले गर्दा उनीहरुलाई समाजमा पुर्न स्थापित हुन कठिनाई हुने गरेको छ ।