राजनीति

भिडियो

कभर स्टोरी

केपीको भन्दा कडा उखान दयालबहादुरकोः कांग्रेसले एमालेलाई मित लगाएर गोठालो बनायो, अब माफी माग्नुपर्छ !

मदन भण्डारी नेता बन्नुमा किसुनजी र गणेशमानको पनि हात थियो 

बिहिबार, २० बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज

केपीको भन्दा कडा उखान दयालबहादुरकोः कांग्रेसले एमालेलाई मित लगाएर गोठालो बनायो, अब माफी माग्नुपर्छ !

काठमाडौं । एमाले–माओवादी केन्द्रबीच एकता प्रक्रियामा अन्योल जारी रहँदा दुबै पार्टीका नेताहरुले एकता बाहेक गएर नकारात्मक धारणा नराख्न आग्रह गर्दैआएका छन् । प्रमुख नेताहरुबीच नियमित भेटवार्ता हुँदैआएको पनि छ । निष्कर्षमा पनि पुगेको छैन ।

 

यस्तो अवस्थामा नेताहरु जसरी पनि एकता गर्नुपर्ने अर्थात् पछि फर्किने अवस्थामा नरहेको बताउँछन् । यद्यपि एकतामा केही गम्भीर जटिलता देखिएका छन् । मुख्य कुरा त कसका कारण प्रक्रिया अड्किँदैछ ? भन्ने नै हो ।
 

 

कुनै बेला माओवादी र यसका नेता प्रचण्डलाई कडा आलोचना गर्ने एमालेका नेताहरु एकताको बहसपछि लचिलो हुँदैआएका छन् । तिनैमध्ये एमाले अध्यक्ष केपी ओली निकट भनी चिनिएका एमालेका नेता तथा विश्लेषक दयालबहादुर शाहीलाई हामीले नेपालआजको बहसमा बोलाएका थियौँ । यस क्रममा उनले जनताको मतको पालना गर्नको लागि एकताको बिकल्प नरहेको बताएका छन् ।

 


साथै अहिले विशिष्ट किसिमको अवस्था भएकाले पनि माओवादीका नेताहरुलाई आरोप लगाउनु जायज नभएको उनको भनाइ छ । बरु बिगतमा भएको जनयुद्धमा भएका त्रुटीलाई नयाँ एकीकृत पार्टीले सच्याउनुपर्ने शाहीको तर्क छ । पूर्वलडाकुहरुका गुनासोलाई एकीकृत पार्टीले सम्बोधन गर्नुपर्ने भन्दै त्यसप्रति पूर्वाग्रह राख्न नहुने उनले बताए ।


ओली नै नेता

शाहीले प्रधानमन्त्री केपी ओलीको भुमिका ऐतिहासिक रहेको भन्दै उनको व्यक्तित्वको खुलेर प्रशंसा गरे । नेल्सन मन्डेला, महात्मा गान्धी र देङ सिआयो पिङको व्यक्तित्व र नेतृत्वससँगै तुलना गरेका छन् । र एकीकृत अवस्थामा खास भुमिका पूरा गरिसकेपछि उनी अभिभावकीय रुपमा रहनुपर्ने उनको तर्क थियो । साथै अन्य नेताहरुको आगामी भुमिका र क्षमताका आधारमा नेतृत्व विकास हुने उनको भनाइ थियो ।

 

यसबाहेक उनी नेपाली कांग्रेसप्रति रुष्ट नै देखिए । कांग्रेससले बिगतमा गरेका गल्तीको माफी माग्नुपर्ने भन्दै कांग्रेसले एमालेलाई पनि धोका दिएको उनको आरोप छ । भारतीय नाकाबन्दी लगायत गम्भीर अवस्थामा कांग्रेसले गल्ती गरेकै कारण जनताले हराएको उनको तर्क छ । र कांग्रेसले जनतासँग माफी माग्नुुपर्ने उनले बताए ।