अन्तरवार्ता

‘मेरा श्रीमान १५ औं प्रेमिकासँग बस्छन्’ 

बिहिबार, २० बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज

‘मेरा श्रीमान १५ औं  प्रेमिकासँग बस्छन्’ 

काठमाडौं । प्रगति राई (मदन पुरस्कार जित्ने ‘दमिनी भीर’का लेखक राजन मुकारुङकी पत्नी) जमेकी साहित्यकार हुन् । खुलस्त लेखनले उनी चर्चामा आउँछिन् । लेखककी स्वास्नी उपन्या उनको खुलस्त लेखनको उदाहरण हो । दोस्रो उपन्यास ‘बिर्सेको मृत्यु’ पहिलोझै जमेन । अहिले उनी लेखन भन्दा वैवाहिक जीवनको अभिव्यक्तिबाट बढी चर्चित छिन् । शुक्रबार साप्ताहिकमा प्रजु पन्तसँग भएको कुराकानीको अंश यस्तो छः 

 

तपाइँको व्यक्तिगत जीवनको प्रसंगबारे कुरा गरौं...?

उनी केही अक्मकाइन् । र भनिन्  
‘हैन नजाऊँ । खालि एउटै कुरामा कति जानु ? पाठकहरु पनि रिसाइसके । ’

 

तपाईले उपन्यास लेखककी स्वस्नीमा आफ्नो पीडा लेख्नु भएको हो ? 

(आफ्नो पुस्तकबारे प्रश्न आएपछि उनी केही सहज भइन्) 
धेररैले पूसतकको प्रमुुख पात्र... मै हो भन्छन्, तर यो मेरो मात्र होइन, सबै लेखककी स्वास्नीको समस्या हो । 


 

राजन मुकारुङसँगको सम्बन्धबारे सार्वजनिक रुपमा बोल्न पनि भएको छ । खाससमा तपाईहरुको सम्बन्ध कस्तो हो ?
– अहिले हामी छुट्टै छौं । एक वर्ष भयो, फोनमा पनि कुरा भएको छैन । म नै ऊसँग बोल्न चाहिनँ । १० वर्ष मलाई स्वतन्त्र छाडिदेऊ, मलाई दुःख नदेऊ  भनेँ । उसले मेरो भनाइ मान्यो, अहिले हामी पृथक छौं । 

 

राजन मुकारुङले धेरैसँग प्रेम गरेको कुरा आयो, कुनै प्रमिकासँग तपाइको भेट पनि भयो कि ? 
उनकी १५ औं प्रमिकालाई मैले भेटेँ । प्रमिकालाई सम्झाएँ र भनेँ ‘घरबार गर्नूस् । उहाँले लेखकका रुपमा सम्मान मात्रै गरेको हो भन्नु भयो । तर व्यवहारमा सबै खालको रिलेसन राख्नुभयो । रातभरि फोन आउँँथ्यो । विवाहिता मान्छेलाई नगरिदिनु नि फोन पनि । तर गर्थे । उनी पनि लागिरहे । राजनलाई पनि बिहे गर भने । उनी पनि बिहे नगर्ने रे । तर मलाई भने सताइरह्यो ।