अन्तरवार्ता

भिडियो

विदेशीले हाम्रो देशलाई ‘फोहोरी देश’ नभनून् (भिडियोसहित)

बिहिबार, १७ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

विदेशीले हाम्रो देशलाई ‘फोहोरी देश’ नभनून् (भिडियोसहित)

काठमाडौं । ‘पशुपति गुरङ’ संस्कार समाज नेपालकी अध्यक्ष हुनुहुन्छ । गुरुङको संस्थाले विभिन्न क्षेत्रमा काम गर्छ । हरेक शनिबार सार्वजनिक क्षेत्रमा सरसफाई अभियान सञ्चालन गर्छ । यस्तो कार्यक्रम सञ्चालन गरेर सार्वजनिक स्थल सफा बनाउने जिम्मेवारी वहन गरेको भने होइन । 

 

गुरुङ भन्नुहुन्छ, ‘हामी सामाजिक संस्थामार्फत सरसफाई जीवनकालागि जरुरी छ भन्ने सन्देश प्रवाह गर्न मात्रै सक्छौं । फोहोर उठाउने काम भनेको प्रतिकात्मक हो । काठमाडौंमा दैनिक सयौं टन फोहोर निस्किन्छ, त्यो संकलन गर्न त प्रोफेस्नल मानिसहरु नै खटिएका छन् नी ।’

 

दक्षिण कारिया, जापान आदि मुलुकमा २१ वर्ष बिताएपछि उहाँले नेपाल किन यस्तो भन्ने प्रश्नको जवाफ खोज्न थाल्नु भयो । कुनै पनि मुलुकमा सरकार अत्यन्त जिम्मेवार छ तर जनता लापरवाह छन् भने त्यो देशमा सिस्टम बस्दैन भन्ने उहाँले महशुस गर्नुभयो । 


मुलुकलाई राम्रो बनाउन जनजनमा राम्रो संस्कार हुनुपर्छ । गुरुङको मतअनुसार एउटा मान्छेले बिहान उठेदेखि बेलुकासम्म अनुशासनमा रहेर काम गर्नुपर्छ । ‘बाटोमा हिँड्दा मान्छेहरु ठोक्किन आइपुग्छन्, त्यति हुँदा पनि सरी समेत नभनी हिँड्छन् । हजारौं मानिस हिँड्ने बाटो, सार्वजनिक स्थलमा लाजै नमानी फोहोर फाल्छन् । यसो गर्नु हुँदैन भन्ने हामीले थाहा नपाएको हो र ? थाहा पाएर पनि अनुशासनमा हामी बस्दैनौंं भने दोष सरकारको हुन्छ र ?’ 

 

सरकारलाई गाली गर्नु अघि पहिले नागरिक ठीक ठाउँमा बस्नु पर्छ भन्ने मान्यता उहाँको छ । सामान्य नैतिक शिक्षा पालना नगर्ने, सामान्य दायित्व वहन नगर्ने नागरिकले सरकारलाई दोष लगाउन नमिल्ने उहाँ बताउनु हुन्छ । 

 

संस्कार समाजले मुलुक सफा र मानिसहरु नैतिकवान भए देशको पर्यटन क्षेत्रले काँचुली फेर्ने उहाँको दावी छ । नेपालमा आउने पर्यटकहरु बिरामी भएर फर्किए भने उनीहरु फर्केर कहिले आउँदैनन् । राम्रो इम्प्रेसन लिएर फर्के भने उनीहरुले थप १० जना पठाउँछन् । यसकारण सरसफाई र स्वस्थ जीवनको प्रत्यक्ष सम्बन्ध हुन्छ ।