समाचार

देश

प्रदेश ५

वडाध्यक्ष पानी लिन भारततिर

बिहिबार, १७ जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

वडाध्यक्ष पानी लिन भारततिर

दाङ । गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्धाम सिद्दीका खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् । 

 

उनीमात्र होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ । 

 

'खानेपानीको समस्या छ त्यसैले म आफैं भारत गएर पानी ल्याउने गरेको छु' वडाध्यक्ष सिद्दीकीले भने 'भारतमा गएर पानी ल्याउनुपर्दा अप्ठ्यारो लाग्ने गरेको छ ।' 

 

कोइलावासका स्थानीयलाई खानेपानीका लागि हिउँदको समयमा भारतको भर पर्नुपर्ने बाध्यता छ । 

 

अहिले कोइलावासमा रहेका कुवा तथा खोलासमेत सुकेको कोइलावास भन्सारका प्रमुख ओमप्रकाश केसीले बताए । आजको कारोबारमा यो समाचार छापिएको छ ।