समाचार

अर्थ

शेयर

५‍ अंकले उकालाे लाग्याे नेप्से, ७६ करोडको कारोबार

बिहिबार, २० बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

५‍ अंकले उकालाे लाग्याे नेप्से, ७६ करोडको कारोबार

काठमाडाै‌ं । साताको अन्तिमदिन (विहिबार) नेप्से परिसुचक केही अंकले बढेको छ । पछिल्लो समय काराेबार रकमसहित निरन्तर ओरालो लागेको नेप्स परिसुचक बुधकार देखि उकालो चढ्न थालको हो ।


५ दशमलव ७७ अंकले बढेर नेप्से परिसुचक १३६६ दशमलव १५ मा पुगेको छ । नयाँ वर्षको पहिलो केही दिनमा बढीरहेको नेप्से एक्कासी घट्दै आइरहेको थियो ।


कुल १ सय ६९ कम्पनीको १४ लाख ६५ हजार पाँच सय ९३ कित्ता शेयर ७ हजार ७ सय १५ पटक खरिदविक्री हुँदा ७६ करोडको कारोबार भएको छ ।


होटल र अन्य समुहमा गिरावट
होटल र अन्य समुहबाहेक सबैको अंक बढेको छ । बिमा समुहमा सबै भन्दा बढी ७५ दशमलव ६२ अंकले बढेको छ । त्यसै गरी हाइड्रोपावरमा १७ दशमलव १, माइक्रोफाइनान्समा १६ दशमलव ५५, उत्पादनमुलक समुहमा १० दशमलव ६, फाइनान्समा ३ दशमलव ८६ अंकले बढेको छ । त्यस्तै गरी विकास बैंकमा ३ दशमलव ४९ र बैंकमा ३ दशमलव ५५ अंकले बढेको छ । होटलमा भने ८ दशमलव ६७ र अन्य समुहमा २ दशमलव ९६ अंकले घटेको छ ।


नेपाल बैंक लिमिटेडको कारोबार बढी
विहिबार नेपाल बैंक लिमिटेडल पाँच करोड ७३ हजारको कारोबार गरेको छ । त्यस्तै राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संस्थापक शेयरमा ४ करोड ३० लाखको कारोबार भएको छ । चिलिमे हाइड्रोपावर, राष्ट्रिय बिमा कम्पनी, प्रिमियर इन्स्योरेन्स, स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले दुइ करोड बढीको कारोबार गरेका छन् । फरवार्ड कम्युनिटी, नेपाल इन्स्योरेन्स लगायत कम्पनीले एक करोड बढीका कारोबार गरेका छन् ।