समाचार

कला साहित्य

एम्नेष्टीको वार्षिकोत्सवमा कविता वाचन

मङ्गलबार, १५ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

एम्नेष्टीको वार्षिकोत्सवमा कविता वाचन

एम्नेष्टी इन्टरनेशलको ५७ औं स्थापना दिवसका अवसरमा सोमबार विश्वभरी नै विविध कार्यक्रम भए ।  यसै सन्दर्भमा नेपाल शाखाले पनि स्थापना दिवसको अवसरमा सृजनशील कार्यक्रम गर्दै स्थापना दिवस मनाएको छ ।

 

संस्थाले यस वर्षको स्थापना दिवसलाई कला साहित्यमय बनाएको छ । राजधानीको सर्वनाम थिएटरमा एम्नेष्टी इन्टरनेशनल नेपाल र त्यससँग आबद्ध युथ नेटवर्कहरूले कविता, नृत्य र नाटक प्रस्तुत गर्दै  स्थापना दिवस मनाएका छन् । 

 

युवाकवि निर्भीकजंग रायमाझीको कविताबाट सुरू भएको कार्यक्रममा संस्थासँग आबद्ध विभिन्न युवाहरूले दर्जनभन्दा बढीको संख्यामा कविता वाचन गरेका थिए । यस्तै चर्चित गायक नट्टु शाहले विवधताको पक्षमा आफ्ना तीवटा गीत प्रस्तुत गरे भने दुईवटा नाटक मञ्चन गरिए ।  
                                                             

    ‘कला साहित्यले मानवताको पक्षमा सबैभन्दा सकारात्मक तवरले वकालत गर्ने भएकाले नै यस वर्षको स्थापना दिवस सृजनामय बनाएका हौं’,एम्नेष्टी इन्टरनेशनल नेपालका महासचिव लेखनाथ निरौला बताए । एम्नेष्टी नेपाल शाखाका राष्ट्रिय बोर्ड सदस्य विपिन बुढाथीकीद्वारा सञ्चालन तथा संयोजन गरिएको यसै कार्यक्रममा संस्थाले आफ्ना पूर्व अध्यक्षहरूलाई पनि सम्मान गरेको थियो ।