राजनीति

इतिहास र अनुभुति

अन्तरवार्ता

प्रा.डा. केसीले सोधेः नेताको श्रीमती भएकै कारण राष्ट्रपति बन्ने कस्तो गणतन्त्र ? (भिडियो)

नयाँ राजाहरुले गणतन्त्रलाई बदनाम गरे

मङ्गलबार, १५ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (RP)

प्रा.डा. केसीले सोधेः नेताको श्रीमती भएकै कारण राष्ट्रपति बन्ने कस्तो गणतन्त्र ? (भिडियो)

काठमाडौं । आज जेठ १५ गते सरकारले भव्य रुपमा गणतन्त्र दिवस मनाएको छ । माओवादीको युद्ध र २०६२–०६३ सालको जनआन्दोलनको शक्तिमा गणतन्त्र स्थापना भएपछि १० वटा गणतान्त्रिक सरकार गठन भए ।

 

राजतन्त्रात्मक व्यवस्था हटाएर ल्याइएको गणतन्त्रको उल्लास प्रारम्भिक वर्षमा जस्तो थियो, बिस्तारै निराशाजनक बन्दैगएको छ । विधानतः मुलुकमा गणतान्त्रि व्यवस्था भए पनि नेताहरुको व्यवहार गणतान्त्रिक नभएको गुनासो ब्यापक सुनिदैआएको छ ।

 

खासगरी एकतन्त्रीय व्यवस्थाका मुख्य शक्ति राजसंस्था हटाएपछि पनि गणतान्त्रिक सरकारका राष्ट्रपतिको रवाफ आम जनतालाई चित्त बुझेको छैन ।

 

राष्ट्रपति विद्या भण्डारीका हरेक सवारीको क्रममा पैदलयात्रुले दुख पाएकै छन् । घण्टौँसम्म जाम ब्यहोर्नु परेको छ । सवारीको तामझाम हेर्दा राजा हटे पनि ‘राष्ट्रमाता’को आगमन भएको भन्दै धेरैले टिप्पणी गर्दैआएका छन् ।


यसपटकको गणतन्त्र दिवसमा पनि आम जनताका अनेक गुनासो र असन्तुष्टि सार्वजनिक भयो । गणतान्त्रिक सरकारका राष्ट्रपति, प्रधानमन्त्री लगायत जनप्रतिनिधिहरुको शैली र रवाफले जनतालाई गणतन्त्रको अनुभुति दिलाएको छ त ?

 

राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीसँग नेपालआजसँग आज आफ्नो नियमित स्तम्भ इतिहास र अनुभुतिमा यही विषयमा केन्द्रित छन् ।

 

डा. केसीले गणतान्त्रिक सरकारको व्यवहार राजतन्त्रात्मक व्यवस्थाकै पुनराबृत्ति गराउने किसिमको रहेको कटाक्ष गरेका छन् ।

 

‘राष्ट्रपति, प्रधानमन्त्री वा जोसुकैको सवारीमा जनतालाई किन दुख दिने ?’ उनले आक्रोशित हुँदै भने, ‘गणतन्त्र व्यवस्था आए पनि गणतान्त्रिक व्यवहार भएन ।’