समाचार

फोटो

गणतन्त्रमा ‘मौसुफ’ हुन चाहनेहरुका पाँच तस्बीर

मङ्गलबार, १५ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

गणतन्त्रमा ‘मौसुफ’ हुन चाहनेहरुका पाँच तस्बीर

काठमाडौं । संसद अधिवेसन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन नयाँबानेश्वर पुग्दाको तस्बीरले धेरैलाई राजतन्त्र सम्झायो । बग्गीसहित पुगेकी संसद भवन पुगेकी उनलाई मानिसहरूले ‘राजमाता’ हुन् < भन्ने टिप्पणी गरे । सामाजिक सञ्जालहरुमा गणतान्त्रिक व्यवस्थाका राष्ट्रपतिले यति धेरै ढर्रा पारिरहन आवश्यक छैन भन्दै कतिपयले  आलोचना पनि गरे । 

 

अघिल्लो सरकारका मन्त्री महेन्द्रबहादुर शाहीले आफू बसेको होटलमै प्रहरीबाट सलामी लिए । प्रदेश सभा निर्वाचनका क्रममा आफू उम्मेदवार रहेको जिल्ला कालिकोट पुग्दा उनले आफू बसेको होटल अगाडि सलामी लिएका थिए । 

तत्कालीन सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले त सडकमै प्रहरीको सलामी खाए । उनको शैली देखेर धेरैले आश्चर्य माने । यति सस्तो गरी चाकडी खोजेको भनेर नेताहरुको आलोचना भयो । 

निर्वाचनका दौरान प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव बढी नै व्यस्त हुन्थे । यादवका लागि उनका सहयोगी कर्मचारीले छाता ओढाइदिएको तस्बीर सार्वजनिक भयो ।

अमेरिकाका राष्ट्रपतिदेखि बेलायतका राजपरिवारका सदस्यसमेत आफैले आफ्नो छाता समाउँछन् । नेपालमा चाहिँ अलिकति माथिल्लो दर्जामा पुग्ने बित्तिकै राजशाही ठाँट किन देखिन्छ < भन्ने प्रश्न गरियो । 

७३ सालमा मन्त्री हुँदा कांग्रेसका अर्जुन नरसिंह केसीले घरमै सलामी खाए । फोटो सार्वजनिक भएपछि धेरैले छोटो राजाको संज्ञा दिए ।