राजनीति

भिडियो

कभर स्टोरी

अन्तरवार्ता

विप्लवलाई नेकपाका युवा नेताको आग्रहः सानो पसल बन्द गरेर आउनुस् ! (भिडियो)

पूर्व एमाले र पश्चिम एमाले भन्ने छैन अब

मङ्गलबार, १५ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

विप्लवलाई नेकपाका युवा नेताको आग्रहः सानो पसल बन्द गरेर आउनुस् ! (भिडियो)

काठमाडौं । एमाले र माओवादी मिलेर नेकपा गठन त भयो पुरानै संरचनाको धङधङी तत्काल मेटिने सम्भावना छैन ।

 

पूर्व एमाले र पूर्व माओवादीका पुरानै सांगठनिक संरचना व्यवस्थापन गर्ने र कार्यकर्ता व्यवस्थापनको पाटो नेकपाको अघि ठूलो चुनौती छ ।

 

त्यसो त एकताकै भोलिपल्ट झलनाथ खनाल, भीम रावल लगायत पूर्वएमाले नेताहरुले ब्यापक असन्तुष्टि पोखिसकेका थिए ।


पूर्व माओवादीका केही नेता त एमालेसँग एकताको घोषणापछि नै अलगिएका छन् । आहुती, गोपाल किराँती लगायत नेताहरु यो एकताबाटै रुष्ट भएर अलगिएका हुन् ।

 

यस्तो अवस्थामा दुई पार्टीका नेता–कार्यकर्ताको जिम्मेवारी र भुमिका कसरी व्यवस्थापन होला ? युवा नेताहरुले नेकपालाई कसरी हाँक्ने, नेतृत्वबाट कस्तो अपेक्षा छ ? यस्ता सवालमा नेकपाका युवा नेता तथा तत्कालिन अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्लसँग नेपालआजले बहस गरेको छ ।

 

तत्कालिन माओवादीमा पोलिटब्यूरो सदस्यको हैसियतमा भएर पनि नेकपामा केन्द्रीय कमिटीमा पनि परेनन् मल्ल । उनी झैँ अन्य थुप्रै नेता–कार्यकर्ता नयाँ कमिटीमा परेका छैनन् ।

 

मल्लले अन्तरवार्ताको क्रममा यहाँ नेकपामा आफ्नो भुमिका र जिम्मेवारीबारे खुलेर बोलेका छन् । नेकपा वर्तमान आवस्यकताको एकता भन्दै अब देशलाई यही पार्टीले समृद्धिको बाटोमा लैजाने विश्वास व्यक्त गरे ।


विद्यार्थीको व्यवस्थापन
 

पार्टी एकीकरण त भयो । दुई पार्टी मातहत विद्यार्थी संगठनलाई एकता गराउनु तथा विद्यार्थी नेताहरुको व्यवस्थापन पनि जटिल विषय हो ।

 

तत्कालिन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समेत रहेका नेता रमेशले विद्यार्थी नेताहरुको व्यवस्थापन पनि सहज रुपमा हुने आशा व्यक्त गरेका छन् । आगामी महाधिवेशनबाटै नेतृत्व व्यवस्थापन हुनेमा मल्ल ढुक्क छन् ।