स्वास्थ्य

यी ९ लक्षणहरू आँखामा देखा परेमा सचेत रहनुहोस्

सोमबार, १४ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

यी ९ लक्षणहरू आँखामा देखा परेमा सचेत रहनुहोस्

आँखामा कहिलेकाहीँ विभिन्न किसिमका समस्या देखा पर्न सक्छन् । आजभोलीको प्रदुषण, घामका विकिरण वा विभिन्न परिश्थितिका कारण आँखामा समस्या देखिन सक्छन् । त्यसैगरी  कम्प्युटर र मोबाइल जस्ता प्रविधिसँग रहेर दैनिक कामहरू गर्नुपर्ने हुन्छ ।यसबाट पनि आँखामा समस्या आउन सक्छ । 

 

 मानिसले आँखाको राम्ररी हेरचाह नगर्दा पछि आँखा नदेख्ने पनि हुनसक्छ । आँखामा केही ९ वटा लक्षणहरू देखापरे भने आँखामा समस्या छ भनेर बुझ्न सकिन्छ । ति लक्षणहरू निम्नानुसार छन् :

 

१. यदि धेरै टाढा वा नजिक हेर्दा धमिलो देखिन्छ । पत्रपत्रिका एवम् किताब पढ्न गाह्रो भएमा ।

 


१. राति र बिहान ठिक सँग देख्न नसकिँदा ।

 


३. कम्प्यूटरमा शब्द धमिलो र आँखा एवम् टाउको दुखेमा ।

 


४.  यदि अध्याँरो ठाँउबाट उज्याँलोमा हेर्दा समस्या र रातिमा गाडी चलाउँदा गाह्रो भएमा ।

 


५. थोरै समयमै पत्रपत्रिका पढ्दा आँखा दुख्ने, थकाई र जलन हुन लागेमा ।

 


६. यदि बिना कारण टाउको दुख्ने र आँखाको वरिपरि दुखाई भएमा ।

 


७. आँखा धेरै सुख्खा हुने र बारम्बार झिम्काउनु पर्दा ।

 

 

८.  बिना कारण आँखा रातो हुने, जलन र धेरै चिलाउँने हुँदा ।

 

 

९.कुनै वस्तुलाई देख्दा आँखा दुख्ने, चक्कर लाग्ने समस्या भएमा ।

 


यी लक्षण देखा पर्नेवित्तिकै आँखा अस्पताल गएर आँखा जचाउनु उपयुक्त हुन्छ ।