समाचार

प्रदेश २

बिहारका शिक्षक मदिरा पिउनकै लागि अाउँछन् नेपालमा

सोमबार, १४ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

बिहारका शिक्षक मदिरा पिउनकै लागि अाउँछन् नेपालमा

काठमाडौं । शैक्षिक भ्रमणका लागि निस्किएका बिहारको एक विधालयका शिक्षक तथा कर्मचारी मदिरा सेवन गर्नकै लागि नेपाल आएको खुलासा भएको छ।

 

कटिहारको बावनगन्ज मिडल स्कुलका ती शिक्षक तथा कर्मचारी ४४ जना विधार्थी लिएर बिहारकै भागलपुरस्थित विक्रमशिला हिँडेका थिए। तर जोगबनीमा विधार्थीलाई गाडीमा बस्न लगाएर प्रधानध्यापक र शिक्षकसहित ६ जना विराटनगर आएका थिए, मदिरा पिउन।

 

पछि फर्कँदा मातेको र गाडीमा वान्ता समेत गरेको खुलासा भएपछि ती शिक्षक तथा कर्मचारीमाथी कारबाही प्रकृया अगाडि बढाईएको स्थानिय प्रशासनले जनाएको छ।

 

घर फर्किएपछि विधार्थीले अभिभावकलाई घटनाबारे सबै बताएपछि बावनगन्ज मिडल स्कुल अगाडि प्रदर्शन समेत भएको थियो। बिहारमा अहिले मदिरा बेच्न प्रतिबन्ध छ।