मुख्य समाचार

प्रदेश ७

डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते

सोमबार, १४ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० घाइते

डोटी । डोटीकाे बोगटान गाउँपालिका-६ गगुडा पलाडीमा जीप दुर्घटना हुँदा ४ जनाकाे ज्यान गरेकाे छ ।

 

दिपायलबाट गगुडा पलाडी जाँदै गरेको से१ज ८७७ नं. को जीप दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएकाे हाे ।

 

उक्त दुर्घटनामा परि १० जना घाइते भएका छ । मृत्यु हुनेमा चालक रामबहादुर बिक, साहु भगत द्धारिया र इन्नरी रावल रहेका छन् । एक जना मृतक महिलाको भने सनाखत भएको छैन् ।

 

घाइतेहरूको स्थानीयवासीले उद्दार गरी अस्पताल पठाइसकेको बताएका छन् । अहिले उद्धार कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।