कला साहित्य

साहित्य आज

सुरज रानाका ३ कविता

शनिबार, १२ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

सुरज रानाका ३ कविता

लेस्बियन छाया

स्वच्छ पहाडी नदिको किनारमा
लुट्पुटिदै गरेका निस्छन्द मृगशावकहरु झैँ
चन्चल, स्निग्ध र कन्चन
कृडामग्न छायाहरुको बिचित्र प्रेमलाप
मध्यरातको घोर निरबता माझ देख्ने गर्छु
छिमेकी कोठाको सफेद भित्तामा

 

सिनेमाको पर्दा जस्तो भित्तामा
ती सिल्लड छायाहरु अभिनय गदर्छन
परिदृश्य बाँच्दछन्, चरित्र निभाउछन्

 

ती प्रमुदित छायाहरु
जसको ओठबाट उक्किएर
आबेगको चोइटा–चोइटा
सम्बगको टुक्रा–टुक्रा
गाउछन समबेदनाको अद्भुत सिम्फोनि
शिल्पशिल हातको मुलायम स्पर्शबाट
चुहिएर प्रेमानुभुतिको आश्लिष्ट रङ
जीवनको कोलाजमा अमूर्त बुट्टाहरु भर्दछन

 

गोरेटोमा चेप्टिएका ढुङ्गा झैँ
काष्ठकृतिमा कँुदिएको टुडाँल झैँ
जब ती निरपेक्षित छायाहरु एकाकार बन्छन्
स्तनका निप्पलहरु बेजोड टकराएर
नितम्बभित्रका खोचहरु निर्बाध भत्किएर
मानबिय आकाक्षां र उत्कण्ठाहरु विस्फोटित भएर
मेरो मस्तिष्कको जासुस कोलममा
केही बिस्मयकारी विवरणहरू पेश गर्छन

 

म बिस्वस्त बन्छु कि
ती छायाहरु केवल स्त्री प्रजातिका हुन्
ती प्रेमत्त छायाहरु गैर पुरुषका हुन

 

सोच्छु–
प्रकृतिले उत्पती गरेको हो जिब
जिबले बिस्तार गरेको हो समाज
समाजले  प्रतिपादन गरेको हो नियम
नियमले पुनरुत्पादन गरेको हो आदर्श
(आदर्श जो प्रकृति भन्दा समुचित हुनै सक्दैन)

 

मलाइ लाग्छ,
ती छाया केवल मानबिय आकृती होइनन
चराचर सभ्यता बिकास कृयाको जाज्वल्य बिम्ब हो
सनातन जीव सस्कारको नौलो अध्याय हो
नरभक्षी समाजको पुरुसत्वमाथि भब्य उपहास हो

म ती समगुणवती छायाहरु प्रती
प्रेमपुर्ण श्रद्धा सुमन अर्पण गर्दछु


तिमी

के तिमिलाइ थाहा छ ?
तिमी इन्द्रेणी बोकेर उडि रहेको
पुतली जस्तै देखिन्छौ 

 

सरसराइ रहेको केशसङ्ग ठोक्किए पछि
हावाका झोकाहरुले उदेश्य भुलेर
तिम्रो सुगन्ध पछ्याउन थाल्छन
तिम्रो बेग स्थिर नभइन्जेल सम्म

 

कुर्ताको आचल फर्फराएको हेरिरहन्छन्
बिजुलिको खम्बा र शिरिसका रुखहरु
सडकको दुवै किनारमा लाम लागेर

 

बादलले आफ्नो अस्तित्वमा 
तिम्रो मुस्कानको बुट्टा बनाउछ

 

प्रकासले तिम्रो छायाँ दौडाइ रहन्छ
धरतिको पर्दामा अनिमेष...

 

तिम्रो श्वेत चेहरामा रातो ओठ यस्तो देखिन्छ
मानौँ हिउँमा झरेको होस एक थुङ्गा लालिगुरास

 

ती नयनका पलकहरुले व्याख्या गर्छन्
जिन्दगिको सुन्दरतम परिभासा

 

तिम्रो सासको महकले 
महकिएको हो मधुमास

 

चन्द्रमा तिम्रो छाया जति पनि उज्यालो छैन

 

तिम्रो रङ्ग चोरेर इन्द्रेणिले 
आकासमा होलि खेल्छ

 

तिम्रो नशालु आखाँमा छछल्किएको छ
बैशालु यौबनको उन्मादमय सराब

 

तिमिलाइ छोएर प्यास मेट्छन्
बर्सातका बुदहरु

 

तिम्रो पाउले स्वर्गको क्षेत्रफल निर्धारण गर्छ

 

भ्वाइलिनले गुनगुनाउछ
तिम्रो मौनताको रहस्य 

 

तिम्रो सामुन्ने आत्मसमर्पण गर्छन 
सबै दर्शन र सिद्धान्तहरू

 

तिम्रो उच्छवासबाट सृजना हुन्छ
मौसममा काब्यिक तरङ्ग

 

कुनै दिन
फुलहरुले आत्महत्या गरे भने
कुनै समय
सबै ताराहरु क्रान्तिमा उत्रिए भने
कुनै बेला
भगवानहरु नै नास्तीक भए भने
यसको दोषी केवल तिमी हुनेछौ ।


बोध

तप्प... तप्प...तप्प...
बुदले 
जमेको पानी माथि खसेर
वृत्ताकार तरंग सृजना गर्ने गर्छ
जस्को आकार बढ्दै बढ्दै 
किनारामा पुगेर कतै निर्लुप्त बन्छ
त्यो विचित्रको दृश्य मलाइ
कुनै हरफमा कैद गर्ने अभिलाषा थियो

 

चरा हुर्र उडीगए पछि
प्रकम्पित बनेको हाँगाबाट
जिन्दगीलाई अन्तिम सलाम टक्र्याएर 
सुकेको पात भुंईमा खसिरहँदा
पल्टिदैर उल्टिदै
उल्टिदै–पल्टिदै
त्यसैले लिएको भिन्न चाल र गतिको मोहकतालाइ पनि
म कुनै अनुच्छेदमा प्रतिस्थापित गर्न चाहन्थे

 

हिंउदको चिसो आंग माथि टेक्दै आउने
कलिलो घामको पैतलाहरुलाइ 
क्याटवक गराउने प्रचुर इच्छा थियो 
कविताको सुव्यवस्थित ¥याम्पमा

 

मन थियो कि
हरेक बै‌शको पत्रदलभित्र
हर्हराइ रहेको निख्खर सुगन्ध उबाएर
छर्किदि‌ँउ पंति पंतिहरुमा

 

म कुनै अलौकिक शक्तिको
निर्माण या विनिर्माण गरेर
विनिर्माण या निर्माण गरेर
पुनर्निर्माण या अन्तर निर्माण गरेर 
आफ्नो उच्च कवित्वशक्तिको
जल्दो प्रमाणहरु स–गौरव पेश गर्न लालायित थिए

 

दुनिया भरिको सबै उज्यालो
प्रकृतिसंग भएको सारा रंग
जिवन र जगतको सम्पूर्ण सौन्दर्य
सृष्टि र ब्रम्हाण्डका जम्मै रहस्य
एक एक गरेर मलाइ
कविताको फ्रेमभित्र सजाउन उग्र रहर थियो

 

तर माफ गर्नु होला प्रिय मित्रजनहरु 
मैले आफ्ना रहरमा बुट्टा भरेर
क्रिस्टल काँच जस्तो चमकदार
अतिशयोक्तिपूर्ण अभिव्यंजना पोखिरहँदा
यदि मैले बाँचिरहेको परिवेश
र मैले टेकिरहेको धरति 
शोक सन्तप्त छ भने 
त्यो नै कविता माथिको 
सबैभन्दा ठुलो अपमान ठहर हुनेछ