समाचार

अपराध सुरक्षा

प्रदेश ७

श्रीमान् विदेश हुँदा अनैतिक सम्बन्ध, बच्चा जन्मिएपछि हत्या

शनिबार, १२ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

श्रीमान् विदेश हुँदा अनैतिक सम्बन्ध, बच्चा जन्मिएपछि हत्या

कञ्चनपुर । नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् । 

 

गंगाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका बेला उनले सन्तोषसँग अनैतिक सम्बन्ध गरेर शिशुलाई जन्म दिएकी हुन् । 

 

बिहीबार जन्मिएको शिशुको हत्या भएकोे खबर प्राप्त भएपछि शुक्रबार साँझ दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । 

 

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ । मृत नवजात शिशुको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।