समाचार

मनोरञ्जन

लुकेर माया लगाउनेकाे पाेल गाउँमा खुलेपछि...

शुक्रबार, ११ जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

लुकेर माया लगाउनेकाे पाेल गाउँमा खुलेपछि...

काठमाडौं । ‘हल्ला चल्यो गाउँमा’ नामक डेउडा गीत सार्वजनिक भएको छ  । लोकप्रिय दुई डेउडा सर्जक डेउडा सम्राट भुवन प्रसाद दाहाल र गायिका शोभा थापाको स्वरमा रहेको यो गीत विशेष डिजिटल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । 


डोटीको दिपायल सिलगढी–७ मा जन्मेका नव कलाकार बहादुर खडकाको पहिलो लोक डेउडा गीतमा लय तथा शब्द सोही ठाउँका हिरा सिंह अभागीले भरेका छन् ।


विवाहित प्रेमी र अविवाहित प्रेमीकाबीचको मायाप्रेमको पोल गाउँमा खुलेपछि भागेर बिहे गर्न पर्ने दबाब यो गीतमा दर्शाउन खोजिएको देखिन्छ । 
गीतको  भिडियोमा सुदुरपश्चिमका चर्चित कलाकार मनिष खड्का, रोजी कुँवर र निरुता खत्रीले उत्कृष्ट अभिनय गरेका छन् भने गीतमा एरेन्जर बिजय थापाले म्युजिक रस भरेका छन् । 


क्यामेरामा चक्र बराल ‘बासु’ र गोकुल अधिकारी, भिडियो ईडिटिङ प्रबिन रश्मी मगर र भिडियोमा डाईरेक्टिङ भिम थापाको रहेको छ ।