विदेश

मनोरञ्जन

विराटलार्इ बुबा बन्नुभन्दा पहिले नै यी चिजले बनायाे चिन्तित

बिहिबार, १० जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

विराटलार्इ बुबा बन्नुभन्दा पहिले नै यी चिजले बनायाे चिन्तित

काठमाडाैं । विराट कोहली र अनुष्का शर्माको जाडी विवाहपछि पनि फ्यानहरुका बीचमा चर्चामा रहने गरेको छ । केही दिन पहिला बिराटले अनुष्कालाई अफ फिल्ड क्याप्टेन बताएका थिए ।

 

उनले एक अन्तर्वार्तामा अनुष्का जीवनमा प्रवेश गरेसँगै आफूमा सकारात्मक वदलाव आएको बताएका थिए । विराटले एक अन्तर्वार्तामा आफ्नो भविष्यको फेमेली प्लानिकको बारेमा चर्चा गरेका थिए ।

 

पिता बनेपछि केही बस्तुलाई लिएर विराट अहिले नै चिन्तित देखिए । उनले आफू कुनै समयमा बाबु बनेपछि घरबाट यी सामानहरु हटाउने बताए । 

 

इएसपीएनलाई दिएको एक अन्तर्वार्तामा कोहलीले अनुष्का धार्मिक स्वभावका भएको र आफूमा पनि केही परिवर्तन भएको महसूस गरेको बताएका छन् । उनले आफू पहिलाको भन्दा शान्त भएको अनुभव गरेको बताएका छन् । 


उनले आज आफूसँग भएको सवै चीज बाँकी जीवनमा नभएपनि परिवार आफूसँग रहने र उनीहरुले यसको हकदार रहेको बताए । विराटले आफ्नो बच्चा ठूला भएपछि कयौं चीज परिवर्तन गर्न आफूले चाहेको बताएका छन् ।

 

उनले आफ्नो बच्चा ठूलो हुँदै गर्दा घरमा आफ्नो उपलव्धिसँग जोडिएका कुनैपनि चिज नराख्ने बताएका छन् । आफूले अहिलेसम्म प्राप्त गरेको कुनै पनि ट्रफि त्यस सयम घरमा नरहने उनले बताए । आफ्नो जीवनको अतितका कुनै पनि चिज उनी हटाउन चाहन्छन् ।