कला साहित्य

भारतीय उच्च कर्मचारीले भानुभक्तको कविता चोरेर आफ्नै नाममा छपाए !

भारतीय कर्मचारी महेशले भानुभक्त अाचार्यकाे सिर्जनामा गर्दैछन् 'प्लेजियरिजम'

बुधबार, ०९ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (RP)

भारतीय उच्च कर्मचारीले भानुभक्तको कविता चोरेर आफ्नै नाममा छपाए !

काठमाडौं । नेपाली भाषा र साहित्यमा बिर्सनै नहुने व्यक्ति हुन् भानुभक्त आचार्य । त्यसो त नेपाली साहित्यका पहिलो कविको रुपमा पनि उनी चिनिन्छन् ।

 

संस्कृति भाषा साहित्यलाई नेपालीमा अनुवाद गरी आम पाठकमा सरल रुपमा साहित्यको विस्तार गरेका उनै कवि भानुभक्तको विशिष्ठ नाम छ । संस्कृत भाषाको रामायण महाकाव्य नेपालीमा अनुवाद साथै कविता सिर्जनाका कारण उनको नाम नेपाली साहित्यमा बिर्सनै नसकिने भएको हो ।

 

उनै आदिकविको कविता ‘कान्तिपुरी नगरी’ २ सय वर्षपछि पनि उत्तिकै चर्चित छ । तत्कालिन समयमा ‘नेपाल’भनी चिनिने काठमाडौंको विषयमा आचार्यले लेखेको कविताको प्रसंग प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अघिल्लो साता एक अभिव्यक्तिको क्रममा कोट्याएका थिए ।

 

तर आचार्यको त्यो लोकप्रिय र ऐतिहासिक कविता नेपालस्थित भारतीय एक उच्च कर्मचारीले हुवहू ‘कपी’ गरेर आफ्नो नाममा प्रकाशन गरेको भुटिएको छ । कोठमाडौंस्थित नेपाल–भारत पुस्तकालयका प्रमुख महेशचन्द्र शर्माले उक्त कविता अफ्नो नाममा केही पत्रपत्रिका र अनलाईनहरुमा धमाधम प्रकाशन गर्दैआएका छन् ।

 


केही साप्ताहिक पत्रिका र अनलाईन पोर्टलमा महेशचन्द्रले हिन्दी भाषामा अनुवाद गरी आफ्नै नामबाट प्रकाशन गरेको भेटिएको हो । यसबारे केही पाठकले ‘भानुभक्तको सिर्जना’ भनी आलोचना गरे पनि मोहनचन्द्रले भने यसबारे सच्याएका छैनन् । न त माफी नै मागेका छन् ।

 

शर्माले यस कवितालाई भारतीय पत्रिकामा समेत प्रकाशन गरेको बुझिएको छ । शर्मा स्वयं कवि वा लेखक केही होइनन् । भारतीय दूतावासले संचालन गरेको पुस्तकालयमा जागिरेको रुपमा काठमाडौं आएका शर्माले उक्त कविता विभिन्न स्थानमा आफैले रचना गरेको भन्दै प्रचार गर्दैआएको पाइएको छ ।

 

एक ठाउँमा केही पाठकले ‘यो त भानुभक्तको सिर्जना किन चोरी गर्नुभयो ?’भनी ठाडै प्रश्न सोधेपछि भारतीय नागरिक शर्माले आफूले अनुवाद गरेको भनी जवाफ फर्काए । तर उनले अन्य कहीँ कतै पनि पत्रिकामा आफ्नै नाममा प्रकाशन गरेको कविताबारे माफी मागेका छैनन् ।

 

कुनै पनि सर्जक÷कवि वा लेखकले आफैँ सिर्जना गरेका शब्द वा वाक्य समेत दोस्रो व्यक्तिले हुबहू प्रकाशन गर्न नपाउने अन्तर्राष्ट्रिय कानुन नै छ । यदी कसैले अरुका लेखोट वा सिर्जना जस्ताको त्यस्तै आफ्नो नाममा प्रकाशन गरेको पाइए त्यसलाई ‘प्लेजियरिजम’को कडा मुद्दा लाग्छ ।

 

यतिसम्म कि, कुनै पत्रपत्रिका वा पुस्तकमा प्रकाशन भइसकेका कवि÷लेखकका सिर्जना उसको अनुमति वा प्रथम स्रोत विना दोस्रो पत्रिका वा पुस्तकमा प्रकाशन गर्न समेत नपाइने अन्तर्राष्ट्रिय कानुन छ ।

 

नेपालमा बस्दैआएका भारत सरकारका जिम्मेवार कर्मचारी महेशचन्द्र शर्माले भने भानुभक्तको सिर्जना हुवहू आफ्नो नाममा प्रकाशन गर्दा कसैले पनि कानुनी प्रक्रिया अघि बढाएको छैन ।

 

आदिकविको कविता ‘कान्तिपुरी नगरी’: 

     कान्तिपुरी नगरी

चपला अवलाहरु एक सुरमा
गुनकेसरीको फूल ली शिरमा
हिंड्न्या सखि लीकन ओरिपरी
अमरावती कान्तिपुरी नगरी ।।१।।
यति छन् भनि गन्नु कहाँ धनियाँ । 
सुखी छन् मनमा बहुतै दुनियाँ
जनकी यसरी सुखकी सगरी
अलकापुरी कान्तिपुरी नगरी ।।२।।
कहिँ कालभरी गल्लि छ दिल्ली सरी ।
कहिँ भोट र लण्डन चीन सरी
लखनौ पटना मदरास सरी
अलकापुरी  कान्तिपुरी नगरी ।।३।।
तरवार कतार खुडाँ खुकुरी
पिस्तोल र वन्दुक सम्म भिरी ।
आतिसुर र वीर भरि नगरी
छ त कुन सरी कान्तिपुरी नगरी ।।४।।
रिस राग कपट छैन यहाँ
 तब धर्म कति छ कति छ यहाँ ।
पशुका पति छन् रखवारी गरी
 शिवकी पुरी कान्तिपुरी नगरी ।।५।।