कला साहित्य

शान्ति शर्माको नेतृत्वमा दियालो साहित्य सरगम  

बुधबार, १९ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज

शान्ति शर्माको नेतृत्वमा दियालो साहित्य सरगम  

काठमाडौं । साहित्यकार शान्ति शर्माको अध्यक्षतामा दियालो साहित्य सरगम नामक साहित्यिक संस्थाको औपचारिक घोषणा गरिएको छ । मंगलवार काठमाडौंमा आयोजित औपचारिक घोषणा कार्यक्रम तथा विशेष रचना वाचन कार्यक्रममा संस्थाले औपचारिकता पाएको हो । 

 

संस्थाको वरिष्ठ उपाध्यक्षमा शिवराम खड्का, उपाध्यक्ष गणेश खतिवडा, सचिवमा विष्णु थापा चयन भएका छन् । कोषाध्यक्षमा प्रकाश बस्नेत ‘गफाडी’ छन् भने सदस्यहरुरुमा उदास कार्की, प्रकाश सुवेदी, गोविन्द नेपाल र अदिति अर्याल ज्ञवाली रहेका छन् । 

 

सो अवसरमा सर्जकहरु देवी नेपाल, रामप्रसाद ज्ञवाली, नारायण निराशी, पुष्पा भट्टलगायत दर्जनबढीले कविता, गजल गीत वाचन गरेका थिए । कार्यक्रममा कवि तुलसी दिवस, गजलकार ज्ञानुवाकर पौडेललगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । 

 

कार्यक्रममा वक्ताहरुले दियालो साहित्य सरगमलाई अन्य संस्था जस्ता सहजै उदाउने र अस्ताउने संस्था नबनोस भन्दै सफलताको शुभकामना व्यक्त गरे ।