समाचार

अर्थ

कर्पोरेट

पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो

बुधबार, १९ बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो

काठमाडौैं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। 

 

आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन-तीन रुपैयाँ मूल्य बृद्धि  गरेको हो। 

 


मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ।