बिचार

ह्यारीको चल्यो, ज्ञानेन्द्रको छुट्यो

नेपालको राजतन्त्र लचिलो थिएन, त्यो ढल्यो, बेलायत टिकेको छ

सोमबार, ०७ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

ह्यारीको चल्यो, ज्ञानेन्द्रको छुट्यो

राजेश मिश्र 

काठमाडाैं । लचकदार राजतन्त्र टिक्दोरहेछ। एउटा जमाना अर्कै थियो। बेलायती साम्राज्यमा सुर्य अस्ताउन छोडेको थिएन। सन् १९३६ मा राजा जर्ज (पाँचौ) को ईहलिला समाप्त भयो। उनका जेठा छोरा एडवर्ड (आठौँ) नयाँ राजा भए। तर यहाँ एउटा समस्या उत्पन्न भयो। नयाँ राजा पांच बर्ष अघि देखिनै एक अमेरिकी युवतीको प्रेममा थिए। उनको पहिलो पति संग सम्बन्ध बिच्छेद भएको थियो। दोश्रो पति संग समेत कुरा नमिलेपछि पारपाचुकेको कानूनी प्रक्रिया चल्दैथियो।

 

तर नयाँ राजा वालिस सिम्प्सन नामकी यी सुन्दरीलाई रानी बनाउन चाहन्थे। कट्टर औपनिवेशिक बेलायतमा अभूतपूर्व कानुनी,राजनीतिक र धार्मिक विवाद शुरु भयो। जनतालाई लबस्तरो हुन छूट थियो। तर राज खानदान नैतिकताको डोरीले बाँधिएको थियो। राजा बेलायती चर्चका मनोनित प्रमुख हुन्थे। त्यतिबेलाको चर्चको नियम अनुसार, पारपाचुके गरेको व्यक्तिले आफ्नो लोग्ने वा स्वास्नी जीवित रहेको अवस्थामा चर्चमा दोश्रो बिवाह गर्नु प्रचलित धार्मिक मान्यताको बिरुद्द हुन्थ्यो।

यसै क्रममा उनको जेम्स हेविट नामका एकजना बेलायती सेनाका मेजर संग घनिष्टता बढ्यो। उनीहरु पांच बर्ष सम्म प्रेम सम्बन्धमा रहे। बीबीसी टेलिभिजनलाई डायनाले १९९५ मा दिएको बहुचर्चित अन्तर्वार्तामा उनले यो कुरा स्पष्टताका साथ स्वीकार गरेकी छिन। उनको अन्तर्वार्ता पछि जेम्स हेविटको सेनाको जागिर सुखद भएन। उनी जागिर छोडेर आफ्नो ब्यापार गर्न थाले।

 

नयाँ राजाले आफ्नी प्रेमिकालाई रानीको दर्जा दिन नसक्ने अवस्था आयो। राजाले उनलाई आफूसंगै राखेको खण्डमा उनले गद्दी परित्याग गर्नुपर्ने कुरा चर्चका पादरीहरूले सुझाए। उनीहरुले वालिस सिम्प्सनले राजा संग प्रेम गरेको होईन, धन र प्रतिष्ठाका लागि आफ्नो कामुकताको जालमा पारेको हल्ला फैलाए।

 

राजा एडवर्डले यो हल्लाको खण्डन मात्र गरेनन, आफू राजा भएपनि, नभएपनि आफ्नी प्रेमिकालाई कुनै हालतमा पनि परित्याग नगर्ने अडान लिए। चर्च र संसदले एडवर्डका भाई जर्ज (छैठौं) लाई नयाँ राजा घोषित गरे। एडवर्ड एक बर्ष पनि राजा हुन पाएनन। उनले प्रेमका लागि आफ्नो गद्दी त्यागिदिए। उनीहरु नमरुञ्जेल छुट्टिएनन। आठ दशक पछि बेलायती राजपरिवारमा ईतिहासको चक्र उल्टो घुमेको छ। राजा हुने पाँचौं बरियतामा रहेका, राजकुमार चार्ल्स र दिवंगत राजकुमारी डायनाका कान्छा छोरा ह्यारीले अर्को ईतिहास रचेका छन्। उनले एक पटक पारपाचुके गरिसकेकी अमेरिकी अभिनेत्री मेगन मर्केललाई साहसपूर्वक राज खानदानमा भित्र्याए। बेलायती राजपरिवारले समय अनुसार आफ्नो मान्यतामा आएको परिवर्तनलाई सगर्व संसारका सामु सावित गरिदियो।

 

शायद यस्तै लचकताका कारण बेलायती राजतन्त्र अहिले सम्म टिकेको छ। यो परिवार मुलुकको राजनीतिक शक्तिका लागि प्रतिस्पर्धा गर्दैन। सरकारले दिएको मानो खाएर सन्तुष्ट छ। जनतामा कायम श्रद्दा घटेको छैन। श्रदा स्वयंमा शक्ति हो।

 

विवादको ईतिहास

प्रेम र विवाहका मामिलामा आधुनिक बेलायती राजपरिवार विवादमुक्त छैन। बेलायती राजगद्दीका वर्तमान उत्तराधिकारी राजकुमार चार्ल्सले सन् १९८० को शुरुवातमा राजकुमार विलियम र ह्यारीकी आमा डायना स्पेंसरसंग बिवाह गर्नु अघिनै उनी अहिलेकी उनकी पत्नी क्यामिला पार्कर जोन्ससंग प्रेममा थिए। क्यामिला विवाहित थिईन। राजकुमार चार्ल्स र डायनाको सम्बन्ध सन्तान उत्पादन गर्ने बाहेक अन्य रुपले प्रगाढ हुन सकेन। राजपरिवारलाई उत्तराधिकारीको आवश्यकता थियो। त्यो उनले पुरा गरिदिईन। तर उनी एक्लिन थालिन। सन् १९९२ मा राजकुमार चार्ल्स र डायना छुट्टिए।

 

यसै क्रममा उनको जेम्स हेविट नामका एकजना बेलायती सेनाका मेजर संग घनिष्टता बढ्यो। उनीहरु पांच बर्ष सम्म प्रेम सम्बन्धमा रहे। बीबीसी टेलिभिजनलाई डायनाले १९९५ मा दिएको बहुचर्चित अन्तर्वार्तामा उनले यो कुरा स्पष्टताका साथ स्वीकार गरेकी छिन। उनको अन्तर्वार्ता पछि जेम्स हेविटको सेनाको जागिर सुखद भएन। उनी जागिर छोडेर आफ्नो ब्यापार गर्न थाले।

यसबीच डायनाको सम्बन्ध ईजिप्ट्का एकजना खर्बपति व्यापारीका छोरा दोदी फयाद संग भयो। दोदी फयाद कुनैबेलाका कुख्यात हतियार ब्यापारी अदानान खाशोगीका भान्जा थिए। सन् १९९७ अगष्ट ३१ का दिन पेरिसको एउटा सुरुङ्ग मार्गमा फ़ोटोपत्रकार्हरुलाई छल्न दोदीले तीब्र गतिमा चलाएको मोटरगाडी दुर्घटनाग्रस्त हुँदा डायना र उनका प्रेमीको प्राणान्त भयो।

 

यसबीच डायनाको सम्बन्ध ईजिप्ट्का एकजना खर्बपति व्यापारीका छोरा दोदी फयाद संग भयो। दोदी फयाद कुनैबेलाका कुख्यात हतियार ब्यापारी अदानान खाशोगीका भान्जा थिए। सन् १९९७ अगष्ट ३१ का दिन पेरिसको एउटा सुरुङ्ग मार्गमा फ़ोटोपत्रकार्हरुलाई छल्न दोदीले तीब्र गतिमा चलाएको मोटरगाडी दुर्घटनाग्रस्त हुँदा डायना र उनका प्रेमीको प्राणान्त भयो। बेलायती महारानी एलिजाबेथले डायनाको अन्त्येष्ठीमा राजकीय सम्मान नदिने अड्डी लिईन।

 

तर तत्कालीन बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले राजकुमार चार्ल्स र डायना छुट्टिएपनि औपचारिक पारपाचुके नभएको आधारमा राजकीय सम्मान दिईनुपर्ने अडान लिए। राजसंस्था पराजित भयो। संसदले जित्यो। राजकुमारी डायनाको राजकीय अन्त्येष्ठी करोडौं दर्शकले आफ्नो टेलिभिजनमा प्रत्यक्ष हेरे। राजकुमारी डायनाले बीबीसीको अन्तर्वार्तामा भनेकी थिईन् , "म बेलायतको महारानी नभएर के भो त? म त जनताको हृदयको महारानी हुन चाहन्छु।" उनको सपना कान्छा छोरा ह्यारीले उनकै पदचिन्ह पच्छ्याएर पुरा गरिदिए।

 

परिवर्तित मान्यता

राजकुमार ह्यारी संगको बिवाहमार्फत मेगन मर्केलको राजपरिवार प्रवेश ईतिहासको पुनरावृत्ति हो। एडवर्ड (आठौँ) ले वालिस सिम्पसनसंग बिवाह गर्दा राजाले एउटी परित्यक्तासंग बिवाह गर्नु उचित हुन् भन्ने मान्यताको आधारमा सरकार, संसद र चर्च समेत तगारो भयो।तर ह्यारी र मेगनका लागि आज त्यही सरकार, संसद, चर्च र परिवारले गरेको खुला स्वागत विश्वको परिवर्तित मान्यताको एउटा उत्साहजनक उदाहरण हो।

 

ह्यारीकी अर्धाङ्गिनी मेगन पनि परित्यक्ता हुन्। उनको हलिवुडका एकजना फिल्म निर्माता संग छोटो समयको प्रणय बन्धन चुँडिएपछि उनी एक्लै संघर्ष गर्दैथिईन। उनका बाबु गोरा हुन्, जो मादकपदार्थको कूलतमा छन्। कतिपय विवादका कारण मेगनका बाबुलाई विवाहमा आमन्त्रित गरिएन। उनकी आमा अश्वेत हुन्, जसलाई मेगंनका बाबुले संधै तर्साएर राखे। मगनाकी सौतिनी आमा पट्टीबाट एकजना दिदी छिन। सामन्था। मेगन र ह्यारीको बिहे हुने कुरा छिनिएपछि उनले पत्रपत्रिका मार्फत मेगंको सकेसम्म उछित्तो काढीन।

 

कहाँसम्म भने, उनले रातारात एउटा किताब समेत प्रकाशित गरिन, जसको शीर्षक छ, "डायरी अफ अ 'पुसी प्रिन्सेस' सिस्टर!" "पुसी" शब्दलाई अंग्रेजीमा आफूले चाहे अनुसारको गलत अर्थमा व्याख्या गर्न सकिन्छ। अहिले तिनै सामन्था फोटो पत्रकारहरुबाट भाग्दा दूर्घटनामा परेकी छिन। धन्न उनको हविगत डायनाको जस्तो भएन।

 

तर प्रेमका अगाडी सांसारिक ईर्ष्या र द्वेष गौण हुन्छ। ह्यारीले यो कुरा सावित गरेर देखाए। उनले चर्चामा कन्यादान दिने बेला मेगंका बाबुको साटो आफ्नै बाबु राजकुमार चार्ल्सलाई यो अभिभारा सुम्पे। चार्ल्सका लागि यो सुवर्ण अवसर थियो। उनले आफ्ना छोराहरुकी आमालाई गरेको घातको यो एउटा सानो क्षतिपुर्ति पनि हो।

 

अब नेपालको कुरा

 

यो कहानीको आरम्भ नै "लचकदार राजतन्त्र टिक्दोरहेछ" भन्ने वाक्यबाट शुरु भएको थियो। सामन्ती शोषणको आधारमा राज गर्न अभ्यस्त नेपालको राजतन्त्र कहिल्यै लचिलो भएन। रणबहादुर शाहले एउटी तिरहुते बिधवा ब्राह्मणीको मोहपासमा परेर बंशक्रमको बिनास गरे। आफ्नी प्रेयसी मरेको झोकमा त्यतिबेलाका जान्ने सुन्ने बैद्दहरुलाई चारपाटा मुडेर डांडा कटाए। मठ मन्दिर भत्काए। आफ्ना सहश्र सेनालाई गीद्द मार्न पठाए। मुर्तिहरुमा बिष्टा दल्न लगाए। जोगी भए। फर्केर आए। अति भएपछी आफ्नै भारदारको हातबाट काटिए।

 

यो नेपालको पुरानो ईतिहास हो। नयाँ नेपालका राजाहरुको कुरागर्दा, त्रिभुवनका कतिओटी रानी, भित्रिनी अनि ल्याईते "रानी" हरु थिए? त्रिभुवनका छोरा महाराज महेन्द्रको लंगौटी कति खुकोलो थियो? राजा बीरेन्द्र भन्दा पहिले जन्मिएका उनका पहिलो (?) सन्तान रबीन्द्र शाहका बारेमा अहिलेको नयाँ पुस्तालाई थाहा छैन। महेन्द्रले आफ्नै साली भित्र्याउन खोज्दा बीपी कोईरालाको तत्कालीन राजा त्रिभुवन संग कस्तो संवाद भयो, त्यो जान्न अहिलेको पुस्ताले बीपी कोईरालाको आत्म वृतान्त पढ्न आवश्यक छ।


हिमालय राजा महेन्द्रको पालामा बेलायती महारानी एलिजाबेथको नेपाल भ्रमणको समाचार संकलन गर्न आएकी अमेरिकी पत्रकार बारबरा एडम्स्को प्रेममा परेका थिए। हिमालयले बरबरालाई प्रेम गरेका थिए। उनले आफू नमरुञ्जेल बरबरालाई साँचेर राखे। दरवारको दवावको वास्ता गरेनन। बारवराले जीवनभर त्यसको मूल्य चुकाउनुपर्यो। दरवारले उनलाई संधै शत्रुवत व्यवहार गर्यो।

 

राजा बीरेन्द्रको पालामा जनता जागरुक थिए। उनले आफ्नो लंगौटी कसेर राखे। ज्ञानेन्द्रका बारेमा पनि त्यस्तो सुनिएन। तर एउटा प्रश्न, दीपेन्द्रलाई देवयानी संग बिहे गर्न स्वीकृति मिलेको अवस्थामा दरवार हत्याकाण्ड हुँदैनथ्यो होला? दिवंगत रानी एश्वर्यले जुद्द शमशेर र चन्द्र शमशेर खलकको बखेडा नझिकेको भए के हुन्थ्यो होला? केही पनि हुँदैनथ्यो। किनभने जे हुनुथ्यो त्यो हुन्थ्यो। किनभने नेपाली राजतन्त्र कहिल्यै लचिलो हुन सकेन। अपुतालीमा पाएको राजतन्त्रको बिरासतको ठेक्का लिएका ज्ञानेन्द्रले के गरे? संसार आधुनिकताको नयाँ चरणमा प्रवेश गरिसकेको थियो।

 

ज्ञानेन्द्र आफ्नो सत्ता टिकाउन देवी देवताको भाकल गर्थे। दक्षिणकाली गएर राँगा, थुम्बा, हाँस, कुखुरा, अनि अर्को कुन्नी के को हो "पंचबली" दिन्थे। हिन्दु सम्राट भन्दै भारतबाट आएका कथित शंकराचार्य नामधारी पन्डाहरुले गरेको सभामा नेपालका नाबिकाहरुलाई आफ्नो गोडाको पानी पिलाउंथे। त्यसैले, दूईसय तीस बर्षसम्म नझुकेको राजशाहीको मेरुदण्ड सुकेको काठ जस्तो फ्याट्ट भाँचियो। पुराना कुरा सैंतीस सालको जनमत संग्रह हुनुभन्दा पहिले हो कि पछि, लेखकलाई याद छैन। तर एउटा दुखान्त घटनाले मुलुक हल्लायो।

 

काठमान्डौ बाट पोखरा घुम्न गएका लाजिम्पाटका दुईजना युवतीहरुको बलात्कार भयो। उनीहरुको लाश भेटियो पोखरामा। उनीसंगै गएकी एकजना साथी बेपत्ता भईन। त्यो घटनामा तत्कालीन राजा वीरेन्द्रका कान्छा भाई धीरेन्द्रको संलग्नताबारे गाईङ्गुई चल्यो। त्यो घटनाको एकमात्र साक्षी एउटा सरकारी कार्यालयको पाले थियो। उसको लाश भोलिपल्ट सेती नदि किनारमा भेटियो। पत्रपत्रिकाहरुले अनुसन्धान गर्ने र लेख्ने जमाना थिएन। राजाको नाममा दरवारको अंकुश थियो। घटना त्यसै सेलायो। तर धीरेन्द्र र तत्कालीन महारानी ऐश्वर्यबीच नेपालमा खुल्ने नयाँ उद्दोग धन्धाको कमीसन कसले लिने भन्ने सवालमा प्रतिस्पर्धा थियो।

 

बिरेन्द्र, ज्ञानेन्द्र अनि धीरेन्द्रले एकाघरकै तीनजना दिदी बहिनी ऐश्वर्य, कोमल र प्रेक्षा बिहे गरेका थिए। धीरेन्द्र रसीक मिजासका। दरवारियाहरु भन्थे, उनको मिजास ठ्याक्कै काका हिमालयको जस्तो छ। हिमालय राजा महेन्द्रको पालामा बेलायती महारानी एलिजाबेथको नेपाल भ्रमणको समाचार संकलन गर्न आएकी अमेरिकी पत्रकार बारबरा एडम्स्को प्रेममा परेका थिए। हिमालयले बरबरालाई प्रेम गरेका थिए।

 

उनले आफू नमरुञ्जेल बरबरालाई साँचेर राखे। दरवारको दवावको वास्ता गरेनन। बारवराले जीवनभर त्यसको मूल्य चुकाउनुपर्यो। दरवारले उनलाई संधै शत्रुवत व्यवहार गर्यो। उनले मर्ने बेला नेपालको नागरिकता पाईन। चितामा आफूसंगै खरानी बनाएर लागिन। नेपाली राजतन्त्र संग समय चेत भएन। त्यसैले त्यो डुब्यो। राजाको प्रत्यक्ष शासन हुँदा उनका बिरुद्द लेख्नेलाई युवराज पारसका गुण्डाहरु थर्काउन आउंथे। शुरुमा त राजा आफैले अखबारका कार्यालयमा सैनिक पठाएका हुन्। ज्ञानेन्द्रलाई अपसोच र अवाशादपूर्ण जीवन बाँच्ने समयको सुविधा छ। समयका लागि राजा र रंक एउटै हो। उ कसैलाई कुर्दैन। ह्यारीको रेल भर्खर चल्यो, ज्ञानेन्द्रको छुट्यो।

पीएसटीभीबाट साभार