राजनीति

भिडियो

कुरा: खस्रा मिठा

कभर स्टोरी

भारतको विरोध गर्नेहरु भारतले नै पालेका ‘इमोश्नल इडियट’हुन् (भिडियोसहित)

भारत आफ्नो सीमा चुस्त बनाउँछ, नेपाली चाहीँ सीमा मिचियो भन्दै लाहुरे तालले लठठी लिएर हुन्छ ?

मङ्गलबार, १८ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (RP)

भारतको विरोध गर्नेहरु भारतले नै पालेका ‘इमोश्नल इडियट’हुन् (भिडियोसहित)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको तयारीमा छन् । चीन भ्रमण सकिएपछि लगत्तै नेपालको लागि आउन लागेका हुन् । नेपालका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि नै तय भएको मोदीको नेपाल भ्रमणलाई खास चासोका साथ हेरिएको छ ।

 

सबैभन्दा महत्वपूर्ण कुरा २ वर्षअघि भारतको मोदी सरकारले नेपालमाथि लगाएको नाकाबन्दीको ‘हिसाव किताव’काठमाडौंमा गर्ने भन्दै केही राजनीतिक दलका नेता तथा नागरिक अगुवाहरुले नै भन्न थालेका छन् । त्यसो त नाकाबन्दीपछि पहिलो पटक मोदी नेपाल आउन लागेका हुन् । मोदीलाई नागरिक अभिनन्दनको तयारी सरकारले गरिरहँदा जटिल अवस्स्था गुजारेर आएका नेपालीहरुले भने मोदीको भ्रमणलाई करी हेर्लान् ?

 

विश्लेषक अरुणकुमार सुवेदी भने उत्तेजित भएर विरोध गर्नुको कुनै अर्थ नभएको सुझाव दिन्छन् । कुटनीतिक मामिलामा धरातलीय यथार्थ नबुझिकनै विरोध गर्दा आफैँलाई नोक्सान हुने उनको तर्क छ । नेपालआजमा सुवेदीको नियमित भिडियो ब्लग स्तम्भ यसपटक धारतीय प्रधानमन्त्री मोदीको आसन्न नेपाल भ्रमणमा केन्द्रित छ । नेपालले छिमेकी चीन र भारतलाई उपयोग गर्दै त्यसबाट आर्थिक लाभ लिनसक्ने प्रसस्त उपाय रहेको उनले दोहोर्याए ।


तर नेपालमा भने बुद्धिजीवीहरुमाझ नै भारतसँगको सम्बन्धबारे ‘स्तरहीन’विरोध गर्ने संस्कार रहेको भन्दै सुवेदीले त्यसप्रति असन्तुष्टि जनाएका छन् । ‘पश्चिमले नेपाललाई प्रयोग गरेर भारत र चीनलाई दुख दिइरहन्छ’ सुवेदीले नेपालआजसँग भने, ‘यहाँ मोदीको भन्दा पनि पश्चिमकै शिक्का चल्दैआएको छ ।’ उनका अनुसार नेपालमा पश्चिमा शक्तिको प्रभाव हुनु झन ठूलो खतरा भएको भन्दै भारतसँगको भूाजनीतिलाई नेपालले आफ्नो हितमा बुद्धीमानीपूर्वक प्रयोग गर्नुपर्ने बताए ।


गम्भीर कुटनीतिक कुराहरुबारे जानकारी नराखी सडक वा सामाजिक संजालमा उत्तेजित भएर सस्ता र भद्धा आलोचना गर्ने प्रबृत्तिलाई सुवेदीले ‘इमोश्नल इडियट’को संज्ञा दिँदै त्यस्ता मानिसहरुलाई ‘राजनीतिक कालिदास’ भनेका छन् । यदी भारतले नेपालबारे नकारात्मक निर्णय लिँदा त्यसको असर नेपाललाई ठूलो पर्ने भन्दै संयम भएर कुटनीतिक स्पष्टता हुनुपर्ने उनको राय छ ।

 

‘सीमा, सन्धि लगायत विषयमा समस्या छन् भने आन्तरिक रुपमै ब्यापक गृहकार्य गरेर त्यसबारे भारतसँग नेपाली पक्षले कुरा गर्नु उचित हुन्छ,’ उनले थपे, ‘हामी आफैँ प्रष्ट हुनुपर्छ । गाली गरेर मात्रै हुँदैन । हामी सही छौँ भने त अन्तर्राष्ट्रिय निकायहरु छन् । सीमामा समस्या छ भने सीमा प्रष्ट बनाउनुपर्यो नी । लठी लिएर सीमा पुगेर मात्रै हुन्छ र ?’

 

सुवेदीले कुटनीतिक प्रष्टता नहुनु नै हाम्रो समस्या रहेको भन्दै सबैभन्दा पहिले नेपाली आफैँ प्रष्ट हुनुपर्नेमा जोड दिए । साथै पश्चिमा शक्तिको प्रभावमा पर्दै अनेक निर्णय गर्ने नेपाली राजनीीतिको प्रबृत्तिबारे पनि उनले खरो आलोचना गरेका छन् ।