समाचार

प्रदेश ४

मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

शनिबार, ०५ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

बर्दघाट । पश्चिम नवलपरासिकाे बर्दघाट त्रिवेणी सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा तीनजनाको ज्यान गएको छ । दुर्घटनामा परी एकजना गम्भीर घाइते भएका छन् ।

 

ज्यान गुमाउनेहरुमा बर्दघाट नगरपालिका-१४ का १८ वषिर्य आशिष बीसी, बर्दघाट १६ का १८ वषिर्य अजित सिंह ठकुरी र बर्दघाट १६ कै सन्तोष न्यौपाने रहेका छन् ।

 

बीसी र न्यौपानेको पृथ्वीचन्द्र अस्पताल परासी र ठकुरीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए । घाइते हुनेमा बर्दघाट १४ का २३ वषिर्य राजकुमार बीसी रहेका छन् ।

 

उनको बुटवलको जेनस अस्पतालमा उपचार भइरहेको छ । बर्दघाटबाट त्रिवेणी जांदै गरेको लु ३७ प १५७० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको लु १० प४४३५ नंको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।