समाचार

प्रविधि

एप्पल वल्र्डमा मोबाइल साट्ने अफर

शुक्रबार, ०४ जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

एप्पल वल्र्डमा मोबाइल साट्ने अफर

दरबारमार्ग मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ दिने एक्स्चेन्ज अफर सुरु गरेको छ । यसअघिका अफरहरूमा ग्राहकको उत्साहजनक उपस्थिति देखिएको भन्दै एप्पल वल्र्डले २ साताका लागि एक्स्चेन्ज अफर सुरु गरेको हो ।

 

यसबाट मोबाइल सट्टापट्टा गर्न चाहनेहरूलाई सजिलो हुने कम्पनीले जनाएको छ । जेठ १७ गतेसम्म सञ्चालन हुने अफरअन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

 

अफरअन्तर्गत जुनसुकै ब्रान्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सकिनेछ । पुरानो स्मार्टफोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको व्यवस्था गरिएकोे एप्पल वल्र्ड मोबाइलका निर्देशक संगम राईले जानकारी दिए । उनका अनुसार एप्पल वल्र्डमा मोबाइल खरिद गर्नेलाई विभिन्न मोडलका मोबाइलमा ६० प्रतिशतसम्म छुटको पनि व्यवस्था गरिएको छ ।