बिचार

नमस्कार, अण्डरलाईन एयरलाइन्समा स्वागत छ !

शुक्रबार, ०४ जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

नमस्कार, अण्डरलाईन एयरलाइन्समा स्वागत छ !

राजेश मिश्र

‘इतिहासमा धेरै कम्युनिष्ट पार्टीहरुले आन्दोलनका समय ठूल-ठूला त्याग र वलिदान गरेका छन्। तर सत्तामा पुगेपछि भ्रष्ट स्खलित र आदर्शहीन भएको उदाहरण छ, जनताले पिटिपिटी मार्नुपर्ने नेतामा परिवर्तन भएका छन्’, एकादेशको माके पार्टीका भूतपुर्व अद्द्यक्ष प्रचन्डले एमाले पार्टीमा घुलिसात भएको घोषणा गर्दा अचानक यस्तो बोले। 


समाचारमा लेखिए अनुसार उनी त्यतिबेला भावुक देखिन्थे। भावुकतामा मान्छे सत्य बोल्छ। यतिबेला म कुनैबेला जनआस्था साप्ताहिकमा प्रकाशित प्रचण्डका सवारी चालक र भित्री कार्यकर्ता (उनको नाम बिर्सें)को रोचक अन्तर्वार्ता सम्झिदैछु। 


प्रचण्डमा आएको 'बैचारिक स्खलन' र उनको जीवनमा आएको 'पुँजीवादी परिवर्तन' देखेर बिरक्तिएका ती कार्यकर्ता पार्टी छोडेर रत्नपार्क-मूलपानी रुटको माइक्रो बस चलाउन थालेका थिए। उनले त्यतिबेला खुलासा गरेका थिए, "प्रचण्ड हिजोआज अजय सुमार्गीले ल्याईदिएको आयातित माछा र मासु खान थालेका छन्।"  ती उछिट्टिएका कार्यकर्ताले अन्तर्वार्ताको अन्त्यमा भनेको कुरा मलाई अझै सम्झना छ- "कुनैदिन प्रचण्डलाई उनका आफ्नै कार्यकर्ताले लखेटी लखेटी कुटिकुटि मार्नेछन।" 


प्रचण्ड परिवर्तित  भए। उनको यो परिवर्तित रुपको मुल्य, खड्गप्रसाद ओलीको ईशारामा पुरानो भएको नेकपा एमालेका ईमान्दार कार्यर्कर्ताले चुकाउनेछन। 


अब, नेकपा (अण्डरलाईन) नामको नयाँ, बिशाल र एशियाकै ठूला कम्युनिष्ट पार्टी मध्येको एक हुन पुगेको दलमा समाहित पुरानो नेकपा एमाले पार्टीका ईमान्दार कार्यकर्ताहरुले प्रचण्डको सुरक्षाको जिम्मेवारी लिनुपर्नेछ। उनी ती यावत कार्यकर्ताका नेता, अर्थात अण्डरलाईन पार्टीका सह अद्द्यक्ष हुन्। पुरानो एमालेका जुझारु कार्यकर्ताहरुले अब प्रचण्डका सेनाले खोलाको तिरैतिर लखेटी लखेटी काटेका आफ्ना नेता कमरेड यदु गौतमको पाशविक हत्या पनि बिर्सिनुपर्नेछ। 


पुरानो एमालेका अद्द्यक्षका हैसियतले प्रधानमन्त्री भएका कमरेड केपी ओलीले, प्रचण्डको नेतृत्व र भारतीय सहयोगमा संचालित कथित जनयुद्दका बेला मारिएका सत्र हजार, बेपत्ता भएका थप केही हजार, अंगभंग भएका चौबीस हजार र टुहुरा भएका लाखौंको नियतिको पनि नैतिक जिम्मेवारी लिनुपर्नेछ। 



सत्ता केन्द्रित कथित एकता 


दुई पार्टीहरु बीच एकता हुँदा जारी हुने निर्देशक सिद्दान्तका आधारमा घोषणा गरिने पत्रको पूर्ण पाठ यो पंक्तिकारले पढ्न पाएको छैन। लेखकले यो दुस्सहास नगरेकै बेश। तर नेपालबाट प्रकाशित समाचारका आधारमा भन्ने हो भने, केपी ओलीको पुरानो पार्टीले प्रचण्डको जनयुद्द गलत थियो भन्ने कुराको किटानी दावी गरेको छैन।

प्रचण्डको पुरानो पार्टीले मदन भण्डारीबाट प्रतिपादित एमालेको नीति निर्देशक सिद्दान्त जनताको बहुदलीय जनवाद (जबज) लाई स्वीकार गरेको छैन। कथित एकता पचपन्न-पैंतालीसको समिकरणमा भागबण्डा भयो। पार्टी अद्द्यक्षको मामिलामा मतैक्य हुन सकेन। त्यसैले दुवैजनालाई सह अद्द्यक्ष घोषित गरियो।

 

अब, नेकपा (अण्डरलाईन) नामको नयाँ, बिशाल र एशियाकै ठूला कम्युनिष्ट पार्टी मध्येको एक हुन पुगेको दलमा समाहित पुरानो नेकपा एमाले पार्टीका ईमान्दार कार्यकर्ताहरुले प्रचण्डको सुरक्षाको जिम्मेवारी लिनुपर्नेछ। उनी ती यावत कार्यकर्ताका नेता, अर्थात अण्डरलाईन पार्टीका सह अद्द्यक्ष हुन्। पुरानो एमालेका जुझारु कार्यकर्ताहरुले अब प्रचण्डका सेनाले खोलाको तिरैतिर लखेटी लखेटी काटेका आफ्ना नेता कमरेड यदु गौतमको पाशविक हत्या पनि बिर्सिनुपर्नेछ। पुरानो एमालेका अद्द्यक्षका हैसियतले प्रधानमन्त्री भएका कमरेड केपी ओलीले, प्रचण्डको नेतृत्व र भारतीय सहयोगमा संचालित कथित जनयुद्दका बेला मारिएका सत्र हजार, बेपत्ता भएका थप केही हजार, अंगभंग भएका चौबीस हजार र टुहुरा भएका लाखौंको नियतिको पनि नैतिक जिम्मेवारी लिनुपर्नेछ। 


यस सम्बन्धी आशंकालाई तत्कालका लागि चिर्न वाचाल प्रधानमन्त्री ओली संधै झैं उदाहरण सहित प्रस्तुत भए, "टेम्पु चलाएको हो र? हवाईजहाज चलाउन दुई जना पाईलट चाहिन्छ।" ओलीको यो उदाहरण झट्ट सुन्दा कर्णप्रीय लागेपनि पार्टी भित्र यी दुई पाईलटहरुको संयुक्त उडान कुनैपनि बेला दुर्घटनाग्रस्त हुनसक्छ। तत्कालका लागि अण्डरलाईन एयरलाईन्स उडेकै छैन। उडेपछि यसले कहाँ र कसरी सुरक्षित अवतरण गर्छ, यसको पनि कुनै टुंगो छैन। 


विमानले आफू उड्ने बाटो पहिल्याउने र दिशा निर्दिष्ट गर्ने काम भएकै छैन। टिकट वितरण हुन बाँकी नै छ। कतिले किन्छन, कतिले छोड्छन। टिकट किनेका कतिले एघारौँ घन्टामा आफ्नो उड्ने योजना रद्द गर्नेछन। एकता नामको यो सिरियलमा, आगामी 'एपिसोड' अहिले बन्न बाँकी छ।



जोडिएको घाँटी 
स्तम्भकार नेपालमै हुँदा प्रधानमन्त्री केपी ओलीको घर बाल्कोटमा शायद बनिसकेको थिएन। उहाँ बानेश्वर, भिमसेनगोलाको एउटा पहेंलो दुईतले घरमा बस्नुहुन्थ्यो। माओवादी आन्दोलन उत्कर्षमा थियो। यो लेखक त्यतिबेला द हिमालयन टाईम्सको प्रमुख सम्वाददाताका रुपमा उहाँलाई भेट्न जाँदाको एउटा क्षण सम्झिन्छ। अंग्रेजी अखबारको मान्छे भनेपछि, ओलीले एक घन्टाको कुराकानीमा पैंतालीस मिनेट अंग्रेजी बोल्नुभयो। उहाँमा मान्छेलाई प्रभाव पार्ने क्षमता पक्कै छ। उहाँले धेरै कुरा भन्ने क्रममा एउटा कुरा भन्नुभो, "अब माओवादीलाई क्षमादान दिएर वार्तामा ल्याउनुपर्छ। अरु उपाय नै छैन।" यदु गौतम भर्खर मारिएका थिए। "जति मरे मरे, अब मर्नु हुन्न। नत्र यो क्रम कहाँ पुगेर टुङ्गिएला?"


बीपी कोईरालाले पनि मेलमिलापको नीति घोषणा गरेर नेपाल फर्किंदा राजा र आफ्नो घाँटी जोडिएको उदाहरण दिंदै यस्तै हार्दिकता प्रदर्शन गर्नुभएको थियो। सन्दर्भ फरक भएपनि आशय उही थियो। ओलीले एउटा राजनेताको लक्षण देखाएझैं लाग्थ्यो। 
संबिधान निर्माण र घोषणा गर्ने क्रममा ओलीले देखाएको नेतृत्व क्षमताले पार्टी र तत्कालीन संबिधान सभामा उनको वजन थप्न सघायो, भारतीय नाकाबन्दी ताका उनको छवी राष्ट्रवादी नेताका रुपमा मुखरित भयो। 


पंक्तिकार त्यतिबेला जील्ल पर्यो, जब उहाँले भावी प्रधानमन्त्रीका रुपमा व्यापारीहरुलाई सम्बोधन गर्दै कालो सम्पत्तिलाई सेतो बनाउंदै त्यसलाई राष्ट्रिय पुँजीमा समाहित गर्नुपर्ने धारणा प्रकट गर्नुभयो। ओली र प्रचण्डको जोडिएको घाँटीले त्यतिबेला घामको उज्यालो पायो। ओली प्रधानमन्त्री भएपछि व्यापारीहरुको एउटा मण्डल कालो धनलाई जायज बनाउने औपचारिक माग सहित बालुवाटार नै पुग्यो।

 

उहाँले भन्नुभयो, "एउटा चुनाव हार्दैमा यस्तो बिचलित किन भएको? नेपाल कम्युनिष्ट पार्टी पन्ध्र सालको चुनावमा चार सीट जित्दा पनि दृढ थियो।" सतही रुपले यो एउटा बिजेताको हुङ्कार जस्तो सुनिन्छ। तर यो जनताले सुन्ने कुरा हो। शेर बहादुर देउवाका लागि यसको अर्थ  अर्कै हुनसक्छ। उदाहरणका लागि, यो सरकारले आरजू देउवाले चुनाव लड्नकै लागि धनगढीमा करोडौं तिरेर किनेको घरको पैसाको श्रोत खोज्ने छैन। 

 

आश्चर्य! त्यसको एक साता पछि, सर्वोच्च अदालतको ईजलाशले अजय सुमार्गीको नामा आएर पनि राष्ट्र बैंकले श्रोत नखुलेको कारण रोकेको अरबौं रुपियाँ नेपाल भित्रिने बाटो खोलिदियो। अजय सुमार्गी त्यो सम्पत्तिका वास्तविक मालिक होईनन। राजा फालिएको आन्दोलन सफल हुनु अघि सुमार्गी राजाका ज्वाईंको टेलिफोन कम्पनीका एक सामान्य जागिरे थिए। सोह्रखुट्टेको ओरालोमुनि एउटा घरमा पच्चीस सय भाडा तिरेर बस्थे। प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएपछि अजय सुमार्गीको हैसियत दशैंको चंगा भन्दा माथि आकाशियो। उनले सिमेन्ट र टेलिकम क्षेत्रमा लगानी गरे। राजधानीमा करोडौंका जग्गा जमीन र व्यवसायिक टावर किन्न र बनाउन थाले। प्रचण्डलाई हेलिकप्टरमा रिसोर्टतिर उडाएर आराम बिरामको व्यवस्था गर्न थाले। 


त्यो पैसा कसको थियो? सुमार्गी र प्रचण्ड मात्र होईन, यो कुरा ओलीलाई पनि राम्रै थाहा छ। 
नेपाल राष्ट्र बैंकले रोकेको सुमार्गीको त्यो पैसाको मुहान खोलिदिने अरु कोही होईन, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाका कृपाप्राप्त तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली थिए। अहिलेको नेपालमा द्रव्यको मालिलामा सबैको घाँटी जोडिएको छ। 



राजनीतिक सिण्डिकेट 
एमाले र माके पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा आजका मितिमा सर्वशक्तिमान प्रधानमन्त्री ओलीले मरीच झैं खुम्चिन पुगेको नेपाली कांग्रेसलाई कटाक्ष गर्नु जरुरी थिएन। तैपनि उहाँले भन्नुभयो, "एउटा चुनाव हार्दैमा यस्तो बिचलित किन भएको? नेपाल कम्युनिष्ट पार्टी पन्ध्र सालको चुनावमा चार सीट जित्दा पनि दृढ थियो।"

सतही रुपले यो एउटा बिजेताको हुङ्कार जस्तो सुनिन्छ। तर यो जनताले सुन्ने कुरा हो। शेर बहादुर देउवाका लागि यसको अर्थ  अर्कै हुनसक्छ। उदाहरणका लागि, यो सरकारले आरजू देउवाले चुनाव लड्नकै लागि धनगढीमा करोडौं तिरेर किनेको घरको पैसाको श्रोत खोज्ने छैन।

 

सर्वोच्च अदालतको ईजलाशले अजय सुमार्गीको नामा आएर पनि राष्ट्र बैंकले श्रोत नखुलेको कारण रोकेको अरबौं रुपियाँ नेपाल भित्रिने बाटो खोलिदियो। अजय सुमार्गी त्यो सम्पत्तिका वास्तविक मालिक होईनन। राजा फालिएको आन्दोलन सफल हुनु अघि सुमार्गी राजाका ज्वाईंको टेलिफोन कम्पनीका एक सामान्य जागिरे थिए। सोह्रखुट्टेको ओरालोमुनि एउटा घरमा पच्चीस सय भाडा तिरेर बस्थे। प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएपछि अजय सुमार्गीको हैसियत दशैंको चंगा भन्दा माथि आकाशियो। 


०४८ सालमा गिरिजाप्रसाद कोईरालाले एकमहिना सरकारको नेतृत्व गरेदेखिनै नेपालमा खुला रुपमा राजनीतिक सिण्डिकेटको आरम्भ भयो। कोईरालाले नेपाली कांग्रेसभित्रै मौलाउन थालेको त्यो सिण्डिकेट्को व्यवस्थापन गर्न जानेका भए उनले मध्यावधि चुनावको जुवा खेल्ने अवस्था नै आउने थिएन। गिरिजा दम्भ र महत्वाकान्क्षाको बाढी र पहिरोले गलित हुन पुगे। त्यसपछिको नौ महिने एमालेको अल्पमतको सरकारको पतन संगै कांग्रेस-एमाले-राप्रपा त्रिशंकु सिण्डिकेट्को अभ्यास शुरु भयो। राजनीतिमा सांसद खरिद बिक्री, सुन, सुरा र सुन्दरीको प्रवेश भयो। 


झन् बाउन्न सालमा माओवादी जनयुद्दका नाममा भारतीय गुप्तचर संस्थाले नेपाली राजनीतिमा प्रवेश गरेपछि नेपाली जनता राजनीतिक सिण्डिकेटहरुका कलाबिहीन नाटकका अभिसप्त दर्शक हुन बाध्य छन। 


नयाँ भविश्य देखाएर एकीकृत भएको पार्टीले पुराना कुरा खोतल्ने छैन। अरबको घोटाला गर्ने चुडामणी शर्मा अदालतमा लाख बुझाएर छुटे। उनले किर्ते गरेर कमाईदिएको पैसा कांग्रेस, एमाले र माओवादी सबै नेताले भागशान्ति जय नेपाल गरेका छन्। संसदमा गगन थापा घुंडामा भ्वांग पर्नेगरी जतिसुकै भाषण गरुन, यसले जनतालाई मनोरंजन त गर्नेछ, तर यसले कुनै तात्विक अन्तर भने ल्याउने छैन। 


हिजो कांग्रेस र भारतको सिण्डिकेट थियो, आज कम्युनिष्ट र भारतको सिण्डिकेट छ। यसमा कुनै पार्टीको आकार घट्नु र बढ्नु देखाउने दांत हो। चपाउने होईन। 


अहिले अन्डरलाईन एयरलाईन्स उड्न बाँकी छ।   

(पिएसजे टिभीबाट साभार)